रामपुर अस्पतालमा विशेषज्ञ सेवा ठप्प, ९ जनाको दरबन्दी भए पनि रिक्त « Khabarhub

रामपुर अस्पतालमा विशेषज्ञ सेवा ठप्प, ९ जनाको दरबन्दी भए पनि रिक्त


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– पाल्पाको रामपुरमा रहेको रामपुर अस्पतालमा विशेषज्ञ सेवा ठप्प भएको छ । ५० शय्याको नयाँ भवन बनिरहेकाले भवन अभावमा सेवा दिन नसकिरहेको अस्पतालका सूचना अधिकृत रामप्रसाद कोइरालाले बताए ।

पाल्पा जिल्लासँगै स्याङ्जा, तनहुँ र नवलपुरका बिरामीले दैनिक सेवा लिने अस्पतालमा विशेषज्ञ सेवाका लागि नौ जनाको दरबन्दी भए पनि रिक्त रहेको कोइरालाको भनाइ छ । त्यो मात्रै होइन अस्पतालमा प्रशासकीय कर्मचारीसमेत नहुँदा समस्या छ । अस्पतालमा एक सुब्बा, लेखापाल र एक खरिदारको दरबन्दीसमेत खाली छ । अस्पतालका सूचना अधिकृत कोइरालाका अनुसार अस्पतालबाट निःशुल्क रुपमा उपलब्ध हुने ७० किसिमका औषधि नियमित दिने गरेको छ ।

उनले प्रशासकीय कर्मचारीको अभाव भए पनि आफूले उपलब्ध हुने अस्पतालका सेवा सुविधाका बारेमा निगरानी गरिरहेको बताए । कालीगण्डकीबेशीका करीब २०० को हाराहारीमा बिरामीले स्वास्थ्य उपचारका निम्ति आउने अस्पतालमा अहिले सात जनामध्ये एमबिबिएस डाक्टरमध्ये चार स्थायी र तीन करारले सेवा दिँदै आएका छन् । अस्पतालमा अहिले तीन स्टाफनर्स, चार अनमी, एक नर्सिङ अधिकृत, चार एचए, ल्याबमा पाँच, फार्मेसीमा दुई तथा पाँच जना सहयोगीले सेवा दिएका छन् ।

भिडियो एक्स–रे तथा एक्स–रे सेवा पाइने भए पनि भिडियो एक्स–रेका निम्ति स्थानीय निजी मेडिकलमा जानुपर्ने बाध्यता रहेको सेवाग्राहीले गुनासो गरेका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ५ : १४ बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट