विद्यार्थीमा काम्ने, बेहोस् हुने समस्या देखियो ? यसरी गर्नुस् समाधान « Khabarhub

विद्यार्थीमा काम्ने, बेहोस् हुने समस्या देखियो ? यसरी गर्नुस् समाधान


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

समय समयमा स्कुलमा छात्राहरु काम्ने, रुने कराउने र बेहाेस् हुने समस्याका समाचार आइरहन्छन् । यस्ता समस्याका कारण कति ठाउँमा विद्यालयहरु नै बन्द समेत हुने गरेको छ । पठनपाठन प्रभावित भएपछि शिक्षकहरुले नै विद्यालयमै झारफुक समेत गर्ने गरेको पाइन्छ ।

विद्यर्थीहरु कराउने, चिच्याउने रुने र बहोस् हुने समस्या हुनु भने मास हिस्टेरिया हो । यसलाई चिकित्सकीय भाषामा कन्भर्सन डिसअर्डर भनिन्छ । यो मानिसक स्वास्थ्य समस्या हो ।

मानसिक तनावलाई व्यक्त गर्न वा समस्या समाधान गर्न नसक्दा विद्यार्थीहरुमा यो रोगको लक्षण देखिन सक्छ । तनावका कारण देखिने रोग भएकाले मास हिस्टेरियाको उपचार भनेको काउन्सिलिङ नै हो ।

विद्यार्थीलाई मास हिस्टेरिया भएमा यस्तो गर्नुस्

–विद्यालयमा छात्रछात्राहरु बेहाेस् हुने वा कराउने भएमा आत्तिनु हुदैन,

– बिरामीको वरीपरि भिड लाग्न नदिने,

– मास हिस्टेरियाका लक्षण देखिएको बिरामीलाई छुट्टै कोठामा लैजाने,

–बिरामीलाई एक्लै आराम गर्न दिने,

–बिरामीको होस् खुलेपछि राम्रोसँग कुराकानी गर्ने,

– उनीहरुको तनावको कारण पत्ता लगाउने,

–शिक्षकले पढाउँदा विद्यार्थीलाई डर, त्रास देखाउनु हुँदैन,

–विद्यार्थीलाई शारीरिक तथा मानसिक परिवर्तनको विषयमा शिक्षा दिनुपर्छ ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ७ : १० बजे

‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर– कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था गर्न

नेपाल ‘ए’ ले एनटी स्ट्राइकलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी खेलमा

मुख्यमन्त्री थापा मगरले भदौ ७ गते विश्वासको मत लिने

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले यही भदौ ७

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

काठमाडौं– सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३