चिठ्ठामा २५ लाख पर्‍यो भन्दै ठगी गर्ने दुई जना पक्राउ « Khabarhub

चिठ्ठामा २५ लाख पर्‍यो भन्दै ठगी गर्ने दुई जना पक्राउ


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिठ्ठामा २५ लाख परेको भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

‘इमो’ मार्फत इलामका पासाङ शेर्पालाई चिठ्ठामा २५ लाख रुपैयाँ परेको भन्दै त्यसबापत लाग्ने कर रु १ लाख २० हजार रुपैयाँ ठगेको आरोपमा विराटनगर महानगरपालिका–११ बस्ने २३ वर्षीय निरज मरिक र मोरङ धनपालथान गाउँपालिका–६ बस्ने ३६ वर्षीय श्रवण मलहालाई मोरङ प्रहरीले प्रक्राउ गरेको हो ।

पक्राउ परेका हरुले इलामका शेर्पालाई चिठ्ठामा परेको रकम पाउनलाई पहिला राजस्व बुझाउनुपर्ने भन्दै पटक–पटक गरी १ लाख २० हजार रुपैया बैंक खातामा हाल्न लगाई फरार भएका थिए । प

क्राउ परेका मलाहा गत वर्ष पनि ठगीमा पक्राउ परी जिल्ला अदालत मोरङबाट रु दुई लाख धरौटीमा छुटेका थिए । उनीहरुलाई ठगी सम्बन्धी कसूरअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ६ : ४१ बजे

गृहमन्त्री अर्याल सुर्खेतमा

कर्णाली– गृहमन्त्री ओमप्रकाश अर्याल आज सुर्खेत आइपुगेका छन् । बुधबार

‘धुरन्धर’ बन्यो रणवीर सिंहको करियरकै सबैभन्दा सफल फिल्म

काठमाडौँ — बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो फिल्म ‘धुरन्धर’ प्रदर्शनको

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

बुहारीमाथि आगो लगाइ हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ

कमलामाई– पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु