ओम अस्पतालमा तोडफोड, प्रहरीद्वारा अश्रुग्यास प्रहार « Khabarhub

ओम अस्पतालमा तोडफोड, प्रहरीद्वारा अश्रुग्यास प्रहार


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिरामीको उपचारका क्रममा मृत्यु भएको विषयलाई लिएर बिरामीका आफन्तले शुक्रबार चावहिलस्थित ओम अस्पतालमा तोडफोड गरेका छन् । प्रदर्शनमा उत्रिएकाहरुले  हानेको इँटा लागेर अस्पतालका केही सीसा फुटेको छन् ।

पित्तथैलीको पत्थरी निकाल्ने क्रममा सानो आन्द्रा काटिएर बिरामीको मृत्यु भएपछि बिरामीका आफन्त आक्रोशित बनेका हुन् । आक्रोशित भिडलाई नियन्त्रणमा लिन खोज्दा शुक्रबारअस्पताल परिसरमा  झडप भएको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्जसँगै अश्रुग्यास समेत प्रहार गरेको हो ।

शुक्रबार साँझ मृतकका आफन्तले अस्पतालको चरम लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै अस्पताल परिसरमा नाराबाजी गरे । अस्पतालका सिसा तोडफोडपछि प्रहरीले लाठी चार्ज गर्दै प्रदर्शनकारीलाई तितरवितर पारेको हो ।  झडपमा बिरामीका केही आफन्त घाइते भएका छन् ।  झडपमा एक बच्चा गम्भीर घाइते भएको र उनलाई मेडिकेयर अस्पताल लगिएको छ ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० की ५० वर्षीया रामप्यारी थापामगरको बिहीबार बिहान उपचारका क्रममा निधन भएको थियो ।उनको निधनकाे विषयमा आन्दोलनपक्ष र अस्पताल प्रशासनबीच वार्ता  भए पनि सहमति भएको छैन । अस्पतालले घटनामा लापरवाही नभएको दाबी गर्दै आएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ८ : ३३ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता