प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादबारे जानकारी « Khabarhub

प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादबारे जानकारी


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले युरोप भ्रमणका क्रममा शुक्रबार फ्रान्सको सामोनी मोँ ब्लाँमा आयोजित समारोहलाई सम्बोधन गर्दै सगरमाथा संवादबारे जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले यसै वर्षको अन्त्यसम्म नेपालले विश्व मञ्चका रुपमा सगरमाथा संवाद आयोजना गर्ने जानकारी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले उक्त संवाद पर्यावरणका विषयमा केन्द्रित हुने र यो पहिलो चरणको विश्व मञ्च हुने बताए । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालका अनुसार कार्यक्रममा सो शहरका पूर्वप्रमुख मोरिस हर्जोले प्रधानमन्त्री ओलीलाई स्वागत गर्दै उपहार प्रदान गरेका थिए ।

हर्जोले धवलागिरि हिमालको सफलतापूर्वक आरोहण गरेका थिए । सोही अवसरमा फ्रान्सका लागि नेपाली सद्भावना दूत शृङ्खला खतिवडाले शुभकामना व्यक्त गरेकी थिइन्।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ९ : १३ बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट