शास्त्रले भन्छ बारअनुसार काम गर्दा लाभैलाभ मिल्छ « Khabarhub

शास्त्रले भन्छ बारअनुसार काम गर्दा लाभैलाभ मिल्छ


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

तपाई कुनै पनि काम गर्दै हुनुन्छ भने दिन, बार, नक्षेत्र सवै मिलाएर गर्नु उपयुक्त मानिन्छ । त्यसैले मानिहरुले कुनै पनि शुभकार्य गर्दा दिन हेराएर मात्रै गर्ने गरेको पाइन्छ ।

हिन्दुधर्म शास्त्रका विभिन्न धर्म ग्रन्थ र वास्तु शास्त्रले कुनै कामको शुभ फल र लाभका लागि केही त्यसको विधि अपनाउनुपर्ने जनाउँछ । तपाईले बार र समयलाई ख्याल गरेर काम गर्दा फाइदा पुग्ने शास्त्रले बताउँछ । कुनै पनि शुभ कार्य गर्नुपर्दा सवैभन्दा पहिले गणेशको पूजा गर्नुपर्ने हुन्छ ।

कुनबार के काम गर्दा फाइदा पुग्छ ?

आइतबारः आइतबार राज्याभिषेक गर्ने , गीत, वाध्य, पलाकिमा बस्ने, राजसेवा, गाइगोरु किन–बेच गर्ने , हवन गर्ने, मन्त्र–उपदेश गर्ने, औषधी निर्माण गर्ने, शास्त्र ,सुन, तामा, उनी, बस्त्र आदि किनबेच गर्ने, रातो बस्तुको कारोबारलगायत उपयुक्त मानिन्छ।

सोमबारः त्यसैगरी सोमबारका दिन शास्त्रले यज्ञ गर्नु गराउनु उपयुक्त मान्दछ । गार्इ–भैसी, घोडा, फूल, घास, वृक्ष्य, मोति, चाँदी आदिको किनबेच गर्नु, स्त्रीको संगत गर्नु उपयुक्त मानिन्छ ।

मंगलबारः भेद गर्नु , अनैकतिक काम गर्न, शास्त्रबर्धन, संग्राम, कपट, दम्भ, सैन्य राख्नु , सुबर्ण ,धातु , मुगा ,रक्ताश्राव कार्य गर्नु शुभ मानिन्छ।

वुधबारः यस बारमा चातुर्य, दक्षता, पुण्य आर्जन , अध्ययन गर्नु , शास्त्रसेवा गर्नु , शास्त्र चिन्तन गर्नु , चित्र लेखन गर्नु, वास्तु कला , नोकरी गर्नु, बादबिबाद गर्नु शुभ मानिन्छ ,

विहीबारः धार्मिक कार्य गर्नु , नवग्रह पुजन गर्नु , यज्ञ गर्नु, अध्ययन गर्नु , मन्त्र जप तप गर्नु, नया कामको अध्ययन गर्नु, वस्त्र धारण गर्नु , यात्रा आरम्भ गर्नु जस्ता कार्य शुभ मानिन्छ।

शुक्रबारः यस बारमा गायन, मणि, रत्न , हिरा , सुगन्ध, बस्त्र, उत्साह, अलंकार, बाणिज्य , व्यापार , गाइ–वस्तु किनबेच गर्नु , द्रव्य भण्डारण गर्नु र संचय गर्नु तथा कृषि कार्य शुभ मानिन्छ।

शनिबारः यसबारमा झुटो बोल्नु, ठगि गर्नु, कपट गर्नु , गृह–प्रवेश , स्थिर कार्य , नोकरी गर्नु , कलकारखाना खोल्नु , फलाम , तरवार आदिको कार्य गर्नु शुभ मानिन्छ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ७ : ५२ बजे

एसईईको नतिजा सोमबारै साँझ सार्वजनिक हुँदै

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा

अर्थविद्हरूको आँखामा नीति तथा कार्यक्रम : केही नयाँ, कम महत्वकाङ्क्षी

काठमाडौं– अर्थविद्हरूले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा

९ महिनामा साढे १६ खर्ब बढी भित्रियो रेमिट्यान्स, झण्डै ३५ खर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति

काठमाडौं– चालु आर्थिक वर्षको नौ महिनामा नेपालमा विप्रेषण आप्रवाह ३९.१

नीति तथा कार्यक्रम : डिजिटल सामग्री तथा एआई आधारित सिकाई प्रणाली विकास गरिने

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ देखि डिजिटल सामग्री तथा