मन्दिरमा जुत्ता–चप्पल वर्जित गरिनुको खास कारण यो हो « Khabarhub

मन्दिरमा जुत्ता–चप्पल वर्जित गरिनुको खास कारण यो हो


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कुनै पनि मन्दिर प्रवेश गर्नुपूर्व सवैले जुत्ता चप्पल बाहिरै खोलेर जान्छन् । उनीहरु धार्मिक स्थलमा प्रवेश गर्दा धर्म प्राप्ति हेतुले यस्तो गर्ने भए पनि यसको धार्मिक कारण पनि रहेको छ ।

जुत्ता चप्पलमा राजसिक र तामसिक धातुहरूको प्रधानता हुन्छ । यो धातु पातालबाट आउने नकारात्मक ऊर्जालाई पृथ्वीको वातावरणमा मिसिनका लागि माध्यम बन्छ ।

मन्दिर परिसरमा चारैतर्फ ईश्वरीय प्रभावको फलस्वरूप सात्विकता र चैतन्यको वातावरण हुन्छ । यस्तो पवित्र वातावरणमा जुत्ता चप्पलले पातालको नकारात्मक ऊर्जा मन्दिरमा ल्याएर अपवित्र गराउँछ ।

जुत्ता चप्पलमा धूलो र हिलो पनि टाँसिएको हुन्छ । यस्ता धूलोका कणहरूले मन्दिरमा नकारात्मक ऊर्जा फैलाइदिन्छन् । जुत्ता चप्पल लगाउने व्यक्तिको मानसिक स्तर पनि एक विशेष प्रकारको स्थितिमा हुन्छ ।

महंगो जुत्ता चप्पल लगाउने व्यक्तिमा एकखाले घमण्ड हुन्छ । हाम्रो समाजमा जुत्ताबाट धनी गरीब छुट्याउने पनि गरिएको छ । मन्दिरभित्र धनी र गरीबका बीचको फरक नछुट्टियोस् भन्नका लागि पनि जुत्ता चप्पल बाहिर खोलिएको हो ।

जुत्ता चप्पल बाहिरै खोल्दा हामी आफ्नो पहिचानजन्य अहंकारलाई पनि बाहिरै उतार्छौं र ईश्वरप्रति आफूलाई समर्पित गर्ने भाव बनाउँछौं । मन्दिरको वातावरण सात्विकताका कारण सधैं शीतल हुन्छ ।

हामीले नांगो खुट्टाका साथ मन्दिरको प्रांगणमा प्रवेश गर्दा त्यो शीतलतालाई पूरै शरीरमा महसूस गर्छौं । यसले तन र मन दुवैमा शीतलता छाउँछ । यिनै आधारहरूका कारण मन्दिरहरूमा जुत्ता चप्पल लगाएर जान वर्जित गरिएको हो।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ९ : ५१ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल