मुलुकलाई समृद्ध बनाउने अभियानमा योगदान गर्न साहित्यकारहरुलाई उपप्रधानमन्त्रीको आग्रह « Khabarhub

मुलुकलाई समृद्ध बनाउने अभियानमा योगदान गर्न साहित्यकारहरुलाई उपप्रधानमन्त्रीको आग्रह


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई समृद्ध बनाउने अभियानमा विशेष योगदान पुर्‍याउन साहित्यकारहरुलाई आग्रह गरेका छन् ।

उपप्रधानमन्त्री पोखरेलले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषालाई एकतावद्ध बनाए जसरी नै परिवर्तित सन्दर्भमा साहित्यकारहरुले पनि ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पूरा गर्न विशेष योगदान दिन जरुरी रहेको पनि स्पष्ट परे ।

२०६ औं भानु जयन्तिको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले मुलुकको राष्ट्रिय एकतालाई मजदुत बनाउन पनि साहित्यकारहरुले आफ्नो रचनामार्फत् विशेष जोड दिनुपर्ने आवश्यक्ता औंल्याए ।

मुलुकको राष्ट्रिय एकतामाथि आँच पु¥याउने खालका पात्र र प्रवृत्ति आज पनि सल्बलाउन थालेको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले त्यसलाई निष्तेज पार्न सबै भाषा, संस्कृति र साहित्यिक व्यक्तित्वहरुको भूमिका महत्वपूर्ण हुने पनि स्मरण गराए ।

उपप्रधानमन्त्री पोखरेलले भानुभक्तका अनुयायी हामीहरुले राजनीतिक आस्था जहाँ भएपनि भाषा, कला र साहित्यको माध्यामबाट मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउन एकतावद्ध हुनुको विकल्प नरहेको पनि दोहोर्‍याए ।

त्यस अवसरमा उनले पृथ्वी नारायण शाहले भौगोलिक रुपमा एकीकरण गरेको नेपाल, भानुभक्तले भाषाको माध्यामबाट एकीकरण गरेको नेपालको राष्ट्रिय एकतालाई अझै बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  १२ : २७ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार