मुलुकलाई समृद्ध बनाउने अभियानमा योगदान गर्न साहित्यकारहरुलाई उपप्रधानमन्त्रीको आग्रह « Khabarhub

मुलुकलाई समृद्ध बनाउने अभियानमा योगदान गर्न साहित्यकारहरुलाई उपप्रधानमन्त्रीको आग्रह


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई समृद्ध बनाउने अभियानमा विशेष योगदान पुर्‍याउन साहित्यकारहरुलाई आग्रह गरेका छन् ।

उपप्रधानमन्त्री पोखरेलले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषालाई एकतावद्ध बनाए जसरी नै परिवर्तित सन्दर्भमा साहित्यकारहरुले पनि ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पूरा गर्न विशेष योगदान दिन जरुरी रहेको पनि स्पष्ट परे ।

२०६ औं भानु जयन्तिको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले मुलुकको राष्ट्रिय एकतालाई मजदुत बनाउन पनि साहित्यकारहरुले आफ्नो रचनामार्फत् विशेष जोड दिनुपर्ने आवश्यक्ता औंल्याए ।

मुलुकको राष्ट्रिय एकतामाथि आँच पु¥याउने खालका पात्र र प्रवृत्ति आज पनि सल्बलाउन थालेको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले त्यसलाई निष्तेज पार्न सबै भाषा, संस्कृति र साहित्यिक व्यक्तित्वहरुको भूमिका महत्वपूर्ण हुने पनि स्मरण गराए ।

उपप्रधानमन्त्री पोखरेलले भानुभक्तका अनुयायी हामीहरुले राजनीतिक आस्था जहाँ भएपनि भाषा, कला र साहित्यको माध्यामबाट मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउन एकतावद्ध हुनुको विकल्प नरहेको पनि दोहोर्‍याए ।

त्यस अवसरमा उनले पृथ्वी नारायण शाहले भौगोलिक रुपमा एकीकरण गरेको नेपाल, भानुभक्तले भाषाको माध्यामबाट एकीकरण गरेको नेपालको राष्ट्रिय एकतालाई अझै बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  १२ : २७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै