काभ्रेमा पहिरोले १५ घरपरिवार उच्च जोखिममा « Khabarhub

काभ्रेमा पहिरोले १५ घरपरिवार उच्च जोखिममा


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे – अविरल वर्षाको कारण काभ्रेपलाञ्चोक जिल्लाको चौरी देउराली गाउँपालिका–४ र ५ मा पहिरो गएपछि त्यहाँका १५ घरपरिवार उच्च जोखिममा रहेका छन् ।

वडा नं– ५ का वडाध्यक्ष राजकुमार गौतमका अनुसार वडा नं– ४ मजुवाका १० घरपरिवार र वडा नं– ५ का पाँच घरपरिवार पहिरोको जोखिममा परेका छन् । ‘वडा नं– ५ पोखरीचौरीमा बस्ती तलबाट पहिरो गएका कारण ती घर निकै जोखिममा परेका छन् ।’ वडाध्यक्ष गौतमले भने, “पाँच घरपरिवारमध्ये विनोदप्रसाद चौलागाई र नवराज चौलागाई ले घर छोडेर अन्तै छाप्रोमा गएर बसिरहनुभएको छ ।” अन्य तीन घरपरिवार पनि सुरक्षित स्थानमा सर्नैपर्नै अवस्थामा रहेको उनले बताए

उता वडा नं– ४ मजुवाका दीपक गौतम, धनप्रसाद तिमल्सिना र रामप्रसाद चौलागाई घरमाथिबाट आएको पहिरोले पुरिएर विस्थापित भइसकेको जनाइएको छ । ‘उहाँहरुको घरमाथिबाट झरेको पहिरोले पुरिएको छ । अन्य सात जनाको पनि घरमाथि र तलबाट पहिरो झरिरहेका कारण उच्च जोखिममा परेको छ ।’ उनले भने

गाउँपालिका अध्यक्ष दिननाथ गौतम, उपाध्यक्ष तारा चौलागाई र वडा नं– ५ का वडाध्यक्ष राजकुमार गौतमले जोखिममा परेका र विस्थापित परिवारको अवस्था बुझ्न स्थलगत अनुगमन गरी बाँकी घरपरिवारलाई पनि बेलैमा सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन् ।

त्यस्तै वडा नं– ४ मा रहेको कुशल कृषि उत्पादक समूहको कार्यालय र सोही समूहद्वारा सञ्चालित बाख्रा फार्म पहिरोको जोखिममा परेपछि सुरक्षित स्थानतर्फ सरिसकेको वडाध्यक्ष गौतमले बताए ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  १२ : ३४ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ