एजेन्सी- मानिसहरु कार्यव्यस्तताका कारण राम्रोसँग आराम पनि गर्न पाइरहेका हुँदैनन् । आरामको कुरै छाडौँ राम्रोसँग सुत्ने समय पनि मिलेको हुँदैन । तर अध्ययनले के देखाउँछ भने पर्याप्त मात्रामा सुत्नु चाहिँ स्वास्थ जीवन जिउनु हो । स्वास्थ रहन प्रत्येक व्यक्तिका लागि कम्तीमा ८ घण्टा निद्रा आवश्यक हुन्छ ।
व्यस्त जीवनशैलीका कारण मानिसहरु राम्ररी सुत्न पाइरहेका हुँदैनन् । केही मानिस भने साना झप्कीमै निद्रा पुर्याउँने हुन्छन् । लामो समयसम्म अनिधो बस्नु पर्ने बाध्यता रहकाहरुका लागि स्वास्थ्यमा समस्या आउन सक्ने चिकित्सक बताउँछन् ।
प्रत्येक व्यक्तिका लागि कम्तीमा ८ घन्टाको निद्रा आवश्यक हुन्छ । निद्रा पूरा गर्न नपाउँदा डिप्रेसन, टाइप २ डायबिटिज, अनिद्रा र एंग्जाइटी जस्ता रोग लाग्छन् । अनुसन्धानकर्ताहरूका अनुसार, दिनदिनै ८ घन्टाबाहेक २० मिनेट मात्र थप सुत्दा पनि ताजा अनुभव गर्न सकिन्छ ।
सुतेर २० मिनेट ढिलो उठ्दा तपाईंले ताजा अनुभव त गर्नुहुनेछ नै, स्वास्थ्यमा पनि अनेकौं फाइदा पाउनुहुन्छ । अनि बिहानपख दुई घन्टा बढी सुत्दा दिमाग दुईगुणा बढी चल्छ । अनुसन्धानकर्ताहरूका अनुसार, २० मिनेट बढी सुत्ने मानिस पातला हुन्छन् । बढी सुत्दा शरीरको क्यालोरी घढ्छ अनि तौल बढ्न पाउँदैन ।
अलि बढी सुत्दा शरीरमा कार्बोहाइड्रेट्सको मात्रा घट्छ जसले गर्दा शरीरका कोशिकाहरूले झन् बढी काम गर्छन् । टन्न सुत्दा तपाईंले दिनमा कम्तीमा ३८५ क्यालोरीयुक्त भोजन गर्न सक्नुहुन्छ । अनि यसले गर्दा शरीरलाई मह, चिनी, सिरप र फल जस्ता कुरा पचाउन सहायता पुग्छ ।
नियमित समयभन्दा २० मिनेट बढी सुत्दा ठूलालाई मात्र नभई बच्चाहरूलाई पनि फाइदा हुन्छ । तपाईं पनि स्वास्थ्य कायम राख्न चाहनुहुन्छ भने २० मिनेट बढी सुत्नुहोस् ।
प्रतिक्रिया