वडा अध्यक्षका कारण सुन्दरीजलमा मेलम्ची आयोजनाको काम रोकियो « Khabarhub

वडा अध्यक्षका कारण सुन्दरीजलमा मेलम्ची आयोजनाको काम रोकियो


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुन्दरीजलस्थित मेलम्ची आयोजनाको काम जनप्रतिनिधिका कारण रोकिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं. १ का वडाध्यक्ष राम मानन्धरका कारण आयोजनाको काम आजदेखि रोकिएको छ ।

वडाध्यक्ष मानन्धरको निर्देशनमा गएका कांग्रेस कार्यकर्ताहरुले त्यहाँ कार्यरत मजदुरहरुलाई काम नगर्नु भनेर भड्काएपछि मेलम्ची आयोजनाको काम रोकिएको हो । मजदूरहरुलाई काम गरेको पैसा भुक्तानी दिने प्रक्रिया मेलम्ची खानेपानी विकास समितिले अघि बढाईरहेको सन्दर्भमा अचानक काम रोकिन गएको हो ।

मेलम्ची खानेपानी आयोजना विकास निर्माण उपभोक्ता समितिले आयोजनाको काम रोक्न कांग्रेस वडाध्यक्षले मुख्य भूमिका खेलेको आरोप लगाएको छ । काठमाडौं उपत्यकामा मेलम्चीको पानी आउन नदिन कांग्रेसका केही स्थानीय व्यक्तिहरु सक्रिय भएर लागेको आरोप उपभोक्ता समितिले लगाएको छ । अहिले काम नगर्नु भनेर मजदूरहरुलाई उचालेर आयोजनाको काम रोकिएकोमा समितिले गहिरो दुःख व्यक्त गरेको छ ।

सुन्दरीजलमा मेलम्चीबाट आउने पानीलाई प्रशोधन गर्ने प्लान्टको निर्माण र भेन्टिलेसन साफ्टको काम भईरहेको थियो । यी दुईवटा काम सकिने अन्तिम तयारीमा थियो । भारतीय र नेपाली गरी दुवै ठेकेदार कम्पनीले काम गरिरहेको थियो । ठेकेदार कम्पनीका प्रतिनिधिहरुलाई समेत काम नगर्नु भनेर स्थानीय केही कांग्रेस कार्यकर्ताहरुले अवरोध गरेका थिए ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ४ : ३२ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन