बाढी पहिरोका कारण ६० जनाको मृत्यु, २६ जना अझै बेपत्ता « Khabarhub

बाढी पहिरोका कारण ६० जनाको मृत्यु, २६ जना अझै बेपत्ता


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अबिरल वर्षासँगैको बाढी र पहिरोका कारण देशभर मृत्यु हुनेको संख्या ६० पुगेको छ ।

नेपाल प्रहरीका अनुसार बाढी र पहिरोमा परि अझै २६ जना बेपत्ता छन् भने ३८ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार सबैभन्दा बढी प्रदेश नम्बर ३ मा २३ जनाको मृत्यु भएको छ । प्रदेश नम्बर ३ अन्तर्गत ललितपुरमा ५, काठमाडौंमा ३, सिन्धुलीमा ४, मकवानपुरमा ४, काभ्रेमा ३, धादिङमा २, रामेछापमा १ र चितवनमा १ जनाको मृत्यु भएको छ ।

यस्तै, प्रदेश नम्बर १ मा १९ जनाले ज्यान गुमाएका छन् । १ नम्बर प्रदेशका खोटाङमा ३, पाँचथरमा १, इलाममा १, झापामा २, उदयपुरमा २, भोजपुरमा ५, ओखलढुङ्गामा ४ र सुनसरीमा १ जनाको मृत्यु भएको छ ।

बाढी र पहिरोमा परेर प्रदेश नम्बर २ मा १४ जनाको मृत्यु भएको छ । २ नम्बर प्रदेशका पर्सामा २, बारामा २, रौतहटमा ५, महोत्तरीमा २, सिरहामा १ र धनुषामा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, प्रदेश नम्बर ५ को पाल्पा र दाङमा १–१ गरी २ र कर्णालीको डोल्पा तथा जाजरकोटको सीमा क्षेत्रको खोला कासिल खोलामा बगेर २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, बेपत्ता हुनेमा प्रदेश नम्बर ३ मा ८, प्रदेश नम्बर १ मा ८, प्रदेश नम्बर २ मा ३, प्रदेश नम्बर ५ मा १ र कर्णालीमा ९ जना रहेको प्रहरीको केन्द्रीय कार्यालयले जनाएको छ ।

बाढी र पहिरोमा परेका १ हजार ४ सय ४४ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ५ : १६ बजे

ब्राजिललाई झट्का : हैटीविरुद्धको खेल पनि नेयमारले गुमाउने

काठमाडौँ – ब्राजिलका स्टार फरवार्ड नेयमारले विश्वकप फुटबलअन्तर्गत हैटीविरुद्धको दोस्रो

विश्वकपमा क्यानडाको ऐतिहासिक जित : दुई रातो कार्ड खाएको कतार ६-० ले पराजित

काठमाडौँ – जोनाथन डेभिडको सानदार ह्याट्रिकको मद्दतले सह-आयोजक क्यानडाले विश्वकप

१० खेलाडीमा सिमित बोस्नियामाथि स्विट्जरल्यान्डको चार गोल

काठमाडौँ – जोहान मान्जाम्बीको उत्कृष्ट प्रदर्शन र अन्तिम समयको गोल

विश्वकप : पेनाल्टीसँगै जोगियो दक्षिण अफ्रिका

काठमाडौँ – विश्वकप फुटबलअन्तर्गत समूह ‘ए’ को रोमाञ्चक खेलमा दक्षिण

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर