बार्सिलोनाबाट सबै लिग जित्ने लक्ष्य छ– ग्रिज्म्यान « Khabarhub

बार्सिलोनाबाट सबै लिग जित्ने लक्ष्य छ– ग्रिज्म्यान


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्व विजेता फ्रान्सका स्टाइकर एन्टोनी ग्रिज्म्यानले बार्सिलोनाबाट खेल्ने सबै प्रतियोगिता जीत्ने लक्ष्य रहेको बताएका छन् ।

शुक्रबारमात्रै बार्सिलोनासँग जोडिएका ग्रिज्म्यानले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै क्लबबाट खेल्ने सबै जसो लिग प्रतियोगिता जित्ने लक्ष्य रहेको बताएका हुन् ।

उनले बार्सिलोनामा रहँदा ला—लिगा, कोपा डेल रे र च्याम्पियन्स लिगमा क्लबलाई उपाधि जिताउन चाहेको बताएका छन् । ‘क्लबसँग आवद्ध हुन पाएकोमा अत्यन्तै खुसी, उत्साहित टिमसँग खेल्न आँतुर छु,’ ग्रिज्म्यानले भने, ‘यहाँ मेरा लागि नयाँ चुनौती छ । नयाँ लक्ष्य छ । आशा छ मेरो लक्ष्य र चुनौती पूरा गर्ने अवसर पनि पाउनेछु । लक्ष्य भनेको सबै लिग उपाधि जित्नु हो । जसमा कोपा डेल रे, ला लिगा र च्याम्पियन्स लिग हो ।’

ग्रिज्म्यानले आफ्ना साथी उसमान डेम्बेल र स्यामुअल उमटिटिसँग कुरा गरेको समेत बताएका छन् । उनले लियोनल मेस्सीको साइडबाट खेल्दा पनि छुट्टै आनन्द आउने बताएका छन् ।

आइतबारमात्रै क्लबमा आधिकारिक रुपमा प्रस्तुत भएका उनका लागि १ सय २० मिलियन युरोमा एट्लेटिको मड्रिडबाट बार्सिलोनाले भित्र्याएको हो ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ५ : ३८ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल