दक्षिण एसियाली शारीरिक सुगठन साउनमा « Khabarhub

दक्षिण एसियाली शारीरिक सुगठन साउनमा


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १२ औँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता साउनमा हुने भएको छ ।

दक्षिण एसियाली शारीरिक सुगठन तथा फिटनेस महासंघ र नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको संयुक्त आयोजनामा प्रतियोगिता साउन ३ र ४ गते काठमाडौंमा हुन लागेको हो ।

प्रतियोगिता नेपालले यो सहित तेस्रो पटक आयोजना गर्न लागेको हो । कमलादीस्थित प्रज्ञा भवनमा हुने प्रतियोगितामा दक्षिण एशियाली राष्ट्रहरुबाट खेलाडी, निर्णायक र अफिसियल गरी १ सय ३० जना सहभागी हुने जनाइएको छ ।

नेपालबाट १८ विधामा २३ खेलाडी र ५ अफिसियल गरी २८ जनाको सहभागी हुने आयोजकले बताएको छ । प्रतियोगिताका लागि १ करोड ३६ लाख खर्च हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ५ : ५५ बजे

सहमति बन्न नसक्दा विधेयक माथिको कारबाही रोकियो

सुदूरपश्चिम– सत्तारूढ दलबीच सहमति जुट्न नसक्दा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको

नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौं- पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी महिला

५२ युवा नेकपा प्रवेश, प्रचण्डले गरे स्वागत

काठमाडौं– क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै

गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी

गाजा– मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयले कब्जा गरिएको

चुनावको तयारीसँगै आन्दोलनमा उत्रिनुपर्ने हुनसक्छ : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको तयारीसँगै आन्दोलनमा