बाढीपीडितका लागि दैनिक उपभोग्य वस्तुको सहज उपलब्ध गराउन चेम्बरको आग्रह « Khabarhub

बाढीपीडितका लागि दैनिक उपभोग्य वस्तुको सहज उपलब्ध गराउन चेम्बरको आग्रह


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले बाढीपहिरो तथा डुबान पीडितको सहयोगका लागि दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई थप सहज बनाउन आग्रह गरेको छ ।

चेम्बरले यही असार २६ गते बिहीबारदेखि मुलुकभर परेको अरिवल वर्षा पहिरो, बाढी तथा डुबानलगायत प्राकृतिक विपद्का कारण जनधनको क्षति भएको विपद्को यस घडीमा खाद्य वस्तुलगायतका अति आवश्यक वस्तुको नियमित आपूर्ति व्यवस्था सहज, सरल र सुगम बनाउन उद्यमी–व्यवसायीबाट आवश्यक सहयोग हुने अपेक्षा गरेको छ ।

चेम्बरले राहत तथा उद्धारमा निजी क्षेत्रबाट हुने सहयोग जिल्ला विपद् व्यवस्थापन समितिमार्फत समन्वय गरी वितरण गरिने व्यवस्था नेपाल सरकारबाट जानकारी भएको हुँदा प्रदेश जिल्ला तथा नगर चेम्बर अफ कमर्स र आबद्ध सदस्यले सोही अनुसार आवश्यक पहल र कार्यान्वयन गर्नसमेत आग्रह गरेको छ ।

चेम्बरले आइतबार एक विज्ञप्ति गरी विपद्मा परी ज्यान गुमाउनेप्रति शोक व्यक्त गर्दै घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ८ : २० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन