बाढीपीडितका लागि दैनिक उपभोग्य वस्तुको सहज उपलब्ध गराउन चेम्बरको आग्रह | Khabarhub Khabarhub

बाढीपीडितका लागि दैनिक उपभोग्य वस्तुको सहज उपलब्ध गराउन चेम्बरको आग्रह


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले बाढीपहिरो तथा डुबान पीडितको सहयोगका लागि दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई थप सहज बनाउन आग्रह गरेको छ ।

चेम्बरले यही असार २६ गते बिहीबारदेखि मुलुकभर परेको अरिवल वर्षा पहिरो, बाढी तथा डुबानलगायत प्राकृतिक विपद्का कारण जनधनको क्षति भएको विपद्को यस घडीमा खाद्य वस्तुलगायतका अति आवश्यक वस्तुको नियमित आपूर्ति व्यवस्था सहज, सरल र सुगम बनाउन उद्यमी–व्यवसायीबाट आवश्यक सहयोग हुने अपेक्षा गरेको छ ।

चेम्बरले राहत तथा उद्धारमा निजी क्षेत्रबाट हुने सहयोग जिल्ला विपद् व्यवस्थापन समितिमार्फत समन्वय गरी वितरण गरिने व्यवस्था नेपाल सरकारबाट जानकारी भएको हुँदा प्रदेश जिल्ला तथा नगर चेम्बर अफ कमर्स र आबद्ध सदस्यले सोही अनुसार आवश्यक पहल र कार्यान्वयन गर्नसमेत आग्रह गरेको छ ।

चेम्बरले आइतबार एक विज्ञप्ति गरी विपद्मा परी ज्यान गुमाउनेप्रति शोक व्यक्त गर्दै घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ८ : २० बजे

शेयर बजारमा हरियाली, ३७ अंकले बढ्यो नेप्से

काठमाडौं– सोमबार शेयर बजारमा हरियाली छाएको छ । शेयर बजारमा

राष्ट्रव्यापी नदी सफाइ अभियानमा जुटे युवा समूह

काठमाडौं– सेप्टेम्बर २० मा विश्व सरसफाइ दिवस र सेप्टेम्बर २१

इजरायलविरुद्धको आक्रमणका लागि इरानी कमान्डर सम्मानित

एजेन्सी– इजरायलमाथि गरेको क्षेप्यास्त्र आक्रमणका लागि इरानले वायु सेनाका कमान्डरलाई

दक्षिणकाली र सिस्नेरीका बाढी प्रभावितलाई राहत वितरण

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काठमाडौँको दक्षिणकाली नगरपालिका र

म्याग्दीमा व्यावसायिक अकबरे खुर्सानी खेती, प्रतिकिलो २५० का दरले बिक्री

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका किसानले जिल्लामै पहिलोपटक अकबरे (डल्ले)