बाढी पहिरो पीडितलाई प्रदेश नं १ सरकारले दुई लाख दिने | Khabarhub Khabarhub

बाढी पहिरो पीडितलाई प्रदेश नं १ सरकारले दुई लाख दिने


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बाढी, पहिरो र डुबानका कारण मृत्यु भएका व्यक्तिको परिवारलाई राहतस्वरुप प्रदेश नं १ सरकारले दुई लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

प्रदेश नं १ मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले उक्त निर्णय गरेको हो । घाइतेको सरकारी अस्पतालमा गरिने सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले बेहोर्ने तथा निजी अस्पतालमा गरिएको उपचारबापत रु ५० हजार दिने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले बताए ।

बैठकले उद्धार राहत पुनर्स्थापना र बेपत्ताको खोजीका निम्ति सबै पक्षसँग अपिल गर्ने निर्णय गरिएको छ । उहाँले घाइतेको निःशुल्क उपचारको व्यवस्था प्रदेश सरकारले गर्ने बताए। प्रदेश सरकारले बाढी र डुबानका कारण अवरुद्ध सडक खुलाउन तथा प्रभावितको उद्धारका लागि तीन वटै सुरक्षा अङ्ग परिचालन गरिएको समेत उनले जानकारी दिए ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ९ : २७ बजे

दाङको तुलसीपुर कारागारबाट भागेका ४० कैदीबन्दी पक्राउ

तुलसीपुर– यहाँको तुलसीपुर कारागारबाट भागेका ४० कैदीबन्दीलाई पक्राउ गरिएको छ

पर्यटकलाई सहजीकरण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकको आवागमन

कांग्रेसको आह्वान- संयम, संवाद र एकताबाट मुलुकलाई निकास खोजौं

काठमाडौं– नेपाली कांग्रेसले पछिल्लो घटनाक्रमबाट मुलुकलाई निकास दिनका लागि संयम,

जेन-जीको बैठक : सुशीला कार्कीलाई नेता स्वीकारेर अन्तरिम सरकार बनाउने प्रस्ताव

काठमाडौँ- करिब चार घण्टादेखि जारी जेन-जी समूहको जुम बैठकले पूर्वप्रधानन्यायाधीश

सबै दलका साथीहरू उच्च मनोबलका साथ एकताबद्ध होऔँ : सिटौला 

काठमाडौं– नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले राजनीतिक दलका नेताहरू