शौचालयको ग्रील फोरेर हिरासतका ३ थुनुवा भागे, ड्युटीका प्रहरी निलम्बित « Khabarhub

शौचालयको ग्रील फोरेर हिरासतका ३ थुनुवा भागे, ड्युटीका प्रहरी निलम्बित


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको धनौलीवाट प्रहरी हिरासतबाट ३ थुनुवा फरार भएका छन्।

ईलाका प्रहरी कार्यालय धनौलीको हिरासतमा रहेका खजुरा ४ का १८ वर्षका सिमन विक, खजुरा ३ का १९ वर्षका निर्मल थापा र उज्वल कार्की शनिवार राति १२ बजे फरार भएका हुन।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ईलाका प्रहरी कार्यालय धनौलीको हिरासतमा चारजना थुनुवा रहे पनि ३ जना शौचालयको भेन्टिलेटरको ग्रिल तोडेर भागेका हुन।

फरार भएकाहरु मध्ये बिक लागुऔषध मुद्दामा असार २७ गते पक्राउ परेका थिए भने थापा र कार्की असार २३ गते सार्वजनिक मुद्दामा पक्राउ परी म्याद थप भएर अनुसन्धानका लागि हिरासतमा राखिएको बताईएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) बिरबहादुर ओलीले भेन्टिलेटरको ग्रिल भित्रपट्टी कपडाले छोपेर राखेको अवस्थामा भेटिएको बताउँदै राम्रोसंग फिक्स नभएको शौचालयको ग्रिल तानेर उनीहरु भागेको बताए।

२३ जनाको दरबन्दी रहेको सो कार्यालयका ईन्चार्ज मख्खनप्रसाद यादव ६ दिनको बिदा लिएर उपचारका लागि काठमाण्डौ गएकै दिन शनिवार घटना घटेको हो।

उनी बिदामा रहेपछि कार्यालयको जिम्मेवारी सई चक्रबहादुर खत्रीले सम्हालेका थिए। उनीहरु भागे लगत्तै जिल्ला प्रहरीले विभिन्न माध्यमवाट खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ।

यसैबीच डयुटीमा लापरवाही गरेको भन्दै सेन्ट्रीमा रहेका प्रहरी जवान शमशेरबादुर थापालाई आईतवार नै निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  १० : ०८ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना