सरकारका प्रस्ताव रोकेको भन्दै उपराज्यपालविरुद्ध मुख्यमन्त्रीको धर्ना « Khabarhub

सरकारका प्रस्ताव रोकेको भन्दै उपराज्यपालविरुद्ध मुख्यमन्त्रीको धर्ना


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले विरोधका लागि अपनाएको धर्ना भारतका अन्य प्रदेशका मुख्यमन्त्रीहरुले पनि सिको गर्न थालेका छन् । पछिल्लो समय पुडुचेरीका मुख्यमन्त्री बी नारायणसामी पनि आफ्ना योजना कार्यान्वयनका लागि सहयोग नभएको भन्दै उपराज्यपालविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

मुख्यमन्त्री सामीले उपराज्यपाल किरण वेदीले सरकारले विकास निर्माण र अन्य क्षेत्रको विकासका लागि गरिएका केही प्रस्ताव रोकेको आरोप लगाएका छन् ।

उनले आन्दोलनको शैलीलाई केही परिमार्जन गर्दै आफ्ना सहयोगीका साथ धर्ना बस्न बेदीको निवास सुरु गरेका छन् ।

मुख्यमन्त्री सामीले उपराज्यपाल किरण वेदीले सरकारले विकास निर्माण र अन्य क्षेत्रको विकासका लागि गरिएका केही प्रस्ताव रोकेको आरोप लगाएका छन् ।
उनले आन्दोलनको शैलीलाई केही परिमार्जन गर्दै आफ्ना सहयोगीका साथ धर्ना बस्न बेदीको निवास सुरु गरेका छन् ।

मुख्यमन्त्री सामीले उपराज्यपाल किरण वेदीले सरकारले विकास निर्माण र अन्य क्षेत्रको विकासका लागि गरिएका केही प्रस्ताव रोकेको आरोप लगाएका छन् ।

उनले आन्दोलनको शैलीलाई केही परिमार्जन गर्दै आफ्ना सहयोगीका साथ धर्ना बस्न बेदीको निवास ‘राज निवास’ को गेट अगाडिको सडकमा धर्ना बस्ने तय गरेका थिए ।

उपराज्यपाल वेदी र मुख्यमन्त्री सामीबीच सुरुमा चिठ्ठीमार्फत समस्या समाधानका लागि पहल भएको थियो ।

तर, नतिजामुखी काम नभएको भन्दै मुख्यमन्त्री तथा मन्त्रिमण्डलका अन्य सदस्यसहित उपराज्यपाल विरुद्ध आन्दोलन गर्ने योजनासहित मुख्यमन्त्री सामी सडकमा उत्रिएका हुन्।

उपराज्यपाल बेदीले २१ फेब्रुअरीमा वार्ता गरी समस्या समाधान गर्ने बताएपनि मुख्यमन्त्री सामीले घरबाहिर आएर तत्काल वार्ता गर्नुपर्ने अडान राखेका छन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री सामीले आफूले मागेका ३९ माग तत्काल सम्बोधन नभएपनि चालु योजनाको सञ्चालन, किसानका मुद्दालगायतका विषयमा चाँडै सहमति हुनुपर्ने बताए ।

आन्दोलनका क्रममा नारायणसामीले गरेको ट्‍वीट ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ७ : ५८ बजे

अक्षय-सैफको ‘हैवान’को टिजर सार्वजनिक, को हिरो र को ‘हैवान’?

काठमाडौं- बलिउडका चर्चित अभिनेता अक्षय कुमार र सैफ अली खान

राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने ग्याँसको अभावमा नागरिकले खाना खानै

प्यूठानका छुट्टाछुट्टै खोला किनारमा भेटियो ५ जनाको शव

काठमाडौं– प्यूठानका विभिन्न खोला किनारमा बिहीबार बिहान पाँच जनाको शव

गगनप्रति नरम देखिएका देउवाको वक्तव्यका ७ सन्देश

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले करिब पाँच महिना लामो

चोरी भएका ५० थान दुई पाङ्ग्रे सवारीसाधन धनीलाई हस्तान्तरण

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले काठमाडौँ उपत्यकाभित्र विभिन्न