नेपालमा पहिलोपटक महिला क्रिकेटको फ्रेन्चाइज लिग हुने « Khabarhub

नेपालमा पहिलोपटक महिला क्रिकेटको फ्रेन्चाइज लिग हुने


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्वीन्स इभेन्ट म्यानेजमेन्टको आयोजनामा चैत्रमा नेपालमा पहिलो पटक महिला क्रिकेटको फ्रेन्चाइज लिग हुने भएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टले वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) चैत्र २२ देखि ३० गतेसम्म हुने जानकारी दिएको हो ।

प्रतियोगिता किर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ । विश्व क्रिकेटको चर्चित ट्वान्टी—२० फ्रेन्चाईजी लिग नेपालमा पुरुष क्रिकेटतर्फ भइरहे पनि महिला क्रिकेटमा डब्लुसीएल पहिलो पटक हुन लागेको हो ।

पहिलो पटक हुन लागेको प्रतियोगितामा नेपालका विभिन्न ५ शहरका ५ टिमले प्रतिस्पर्धा गर्ने क्वीन्स इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले बताए । प्रतियोगिताका लागि खेलाडी अभाव भएकाले टिमहरुले अक्सनमार्फत अनुबन्ध गर्ने वा ड्राफ्टबाट लिने भन्नेबारे निश्चित नभइसकेको निर्देशक लामाले जानकारी दिए ।

लिगको मिति तथा लोगो घोषणा कार्यक्रममा उपस्थित राष्ट्रिय टोलीका पूर्व कप्तान तथा यु—१९ र राष्ट्रिय महिला क्रिकेट टोलीका प्रशिक्षक विनोद दासले महिला क्रिकेटको विकासका लागि लिग अनिवार्य जस्तै भइसकेको समयमा यो प्रतियोगिता आयोजना हुनु सुखद भएको बताए ।

“जबसम्म हामीले घरेलु प्रतियोगिता खेल्दैनौं । तबसम्म अन्तर्राष्ट्रियस्तरमा राम्रो नतिजा निकाल्ने ग्यारेन्टी गर्न सकिदैन,” प्रशिक्षक दासले भने । दासले पहिलो पटक डब्लुसीएल आयोजना गर्न लागेकोमा आयोजकलाई धन्यवाद दिँदै प्रतियोगितालाई निरन्तरता दिनु पर्ने बताए ।

तस्वीर सौजन्य– क्वीन्स म्यानेजमेन्ट

महिला टोलीकी कप्तान रोविना क्षेत्रीले प्रतियोगितामा आफूहरु उत्साहका साथ सहभागी हुने बताइन् । लिग महिला क्रिकेटरहरुका लागि राम्रो अवसर भएको क्षेत्रीको भनाइ थियो ।

कार्यक्रममा उपस्थित पुरुष राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेट नतिजाकेन्द्रितरहेकाले हौसलाका साथ खेल्न महिला खेलाडीलाई सुझाव दिए । उनले भने, “नेपाल नतिजाकेन्द्रित देश हो । तपाईंहरुले जुन प्रदर्शन गरीरहनु भएको छ त्यसलाई आगामी दिनमा राम्रो गर्दै जानुस् ।”

राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमटाले लिग शुरु भइरहँदा अब महिला क्रिकेट टोलीले विश्वकप खेल्ने सपना पूरा हुने आशा व्यक्त गरे । उनले भने, “महिला क्रिकेट टोलीले विश्वकप खेल्ने सपना थियो, त्यो अब पूरा हुने आशा देखिएको छ । यस्ता लिगहरु भइरहँदा महिला टोलीले पनि पुरुष क्रिकेटको जस्तै फड्को मार्नेमा विश्वस्त छु ।”

राष्ट्रिय टोलीका कप्तान पारस खड्काले महिला क्रिकेटको विकासमा डब्लुसीएलले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

क्वीन्स इभेन्ट म्यानेजमेन्टले यसअघि गएको कात्तिकमा पोखरा रंगशालामा पोखरा प्रिमियर लिग (पीपीएल) को सफलता साथ सम्पन्न गरेको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ४ : ३२ बजे

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह