नेपालमा पहिलोपटक महिला क्रिकेटको फ्रेन्चाइज लिग हुने | Khabarhub Khabarhub

नेपालमा पहिलोपटक महिला क्रिकेटको फ्रेन्चाइज लिग हुने


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्वीन्स इभेन्ट म्यानेजमेन्टको आयोजनामा चैत्रमा नेपालमा पहिलो पटक महिला क्रिकेटको फ्रेन्चाइज लिग हुने भएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टले वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) चैत्र २२ देखि ३० गतेसम्म हुने जानकारी दिएको हो ।

प्रतियोगिता किर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ । विश्व क्रिकेटको चर्चित ट्वान्टी—२० फ्रेन्चाईजी लिग नेपालमा पुरुष क्रिकेटतर्फ भइरहे पनि महिला क्रिकेटमा डब्लुसीएल पहिलो पटक हुन लागेको हो ।

पहिलो पटक हुन लागेको प्रतियोगितामा नेपालका विभिन्न ५ शहरका ५ टिमले प्रतिस्पर्धा गर्ने क्वीन्स इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले बताए । प्रतियोगिताका लागि खेलाडी अभाव भएकाले टिमहरुले अक्सनमार्फत अनुबन्ध गर्ने वा ड्राफ्टबाट लिने भन्नेबारे निश्चित नभइसकेको निर्देशक लामाले जानकारी दिए ।

लिगको मिति तथा लोगो घोषणा कार्यक्रममा उपस्थित राष्ट्रिय टोलीका पूर्व कप्तान तथा यु—१९ र राष्ट्रिय महिला क्रिकेट टोलीका प्रशिक्षक विनोद दासले महिला क्रिकेटको विकासका लागि लिग अनिवार्य जस्तै भइसकेको समयमा यो प्रतियोगिता आयोजना हुनु सुखद भएको बताए ।

“जबसम्म हामीले घरेलु प्रतियोगिता खेल्दैनौं । तबसम्म अन्तर्राष्ट्रियस्तरमा राम्रो नतिजा निकाल्ने ग्यारेन्टी गर्न सकिदैन,” प्रशिक्षक दासले भने । दासले पहिलो पटक डब्लुसीएल आयोजना गर्न लागेकोमा आयोजकलाई धन्यवाद दिँदै प्रतियोगितालाई निरन्तरता दिनु पर्ने बताए ।

तस्वीर सौजन्य– क्वीन्स म्यानेजमेन्ट

महिला टोलीकी कप्तान रोविना क्षेत्रीले प्रतियोगितामा आफूहरु उत्साहका साथ सहभागी हुने बताइन् । लिग महिला क्रिकेटरहरुका लागि राम्रो अवसर भएको क्षेत्रीको भनाइ थियो ।

कार्यक्रममा उपस्थित पुरुष राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेट नतिजाकेन्द्रितरहेकाले हौसलाका साथ खेल्न महिला खेलाडीलाई सुझाव दिए । उनले भने, “नेपाल नतिजाकेन्द्रित देश हो । तपाईंहरुले जुन प्रदर्शन गरीरहनु भएको छ त्यसलाई आगामी दिनमा राम्रो गर्दै जानुस् ।”

राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमटाले लिग शुरु भइरहँदा अब महिला क्रिकेट टोलीले विश्वकप खेल्ने सपना पूरा हुने आशा व्यक्त गरे । उनले भने, “महिला क्रिकेट टोलीले विश्वकप खेल्ने सपना थियो, त्यो अब पूरा हुने आशा देखिएको छ । यस्ता लिगहरु भइरहँदा महिला टोलीले पनि पुरुष क्रिकेटको जस्तै फड्को मार्नेमा विश्वस्त छु ।”

राष्ट्रिय टोलीका कप्तान पारस खड्काले महिला क्रिकेटको विकासमा डब्लुसीएलले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

क्वीन्स इभेन्ट म्यानेजमेन्टले यसअघि गएको कात्तिकमा पोखरा रंगशालामा पोखरा प्रिमियर लिग (पीपीएल) को सफलता साथ सम्पन्न गरेको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ४ : ३२ बजे

गुल्मीमा कफीका बिरुवाको माग बढ्दो

गुल्मी– बर्सातको समय सुरु भएसँगै गुल्मीमा कफीका बिरुवाहरूको माग अत्यधिक

इरानकाे जवाफी आक्रमणपछि इजरायलमा के भयो ?

काठमाडौं– इरानमा थप इजरायली आक्रमणपछि मध्यपूर्वको तनावले ठूलो युद्धको जोखिम

‘एक घर, एक धारा’ अभियान प्रभावकारी बन्दै

तनहुँ– तनहुँ र नवलपुर जिल्ला गरी ३० हजार ८२४ घरधुरीमा

डा. रेवत कार्कीको संयोजकमा बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले बैङ्किङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका

विद्युत् नपुगेका डोल्पाका पाँच पालिकामा सोलार वितरण

सुर्खेत– विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकाभित्र स्थानीयवासीलाई सोलार (सौर्य