राष्ट्रपतिको कार्यकाल बढाउने विधेयक पारित « Khabarhub

राष्ट्रपतिको कार्यकाल बढाउने विधेयक पारित


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजिप्टका विधायकहरुले राष्ट्रपतिको कार्यकाल सन् २०३४ सम्म पु¥याउन सक्ने विधेयक पारित गरेका छन् । इजिप्टका विधायकहरुले राष्ट्रपतिको कार्यकाल ४ वर्षबाट बढाएर ६ वर्ष पुर्‍याउने, राष्ट्रपतिले थप दुई कार्यकालसम्म पदमा रहन पाउने तथा न्यायपालिकामा राष्ट्रपतिको अधिकार बढाउनका लागि संविधान संशोधनसम्बन्धी विधेयक पारित गरेका हुन् ।

यासो भएमा वर्तमान राष्ट्रपति अब्देल फताह अल सिसी सन् २०३४ सम्म इजिप्टको राष्ट्रपतिको पदमा रहनेछन् भने उनको शक्ति पनि ह्वात्तै बढ्नेछ । यससम्बन्धी विधेयकको पक्षमा संसाद्मा रहेका ५ सय ९६ मध्ये ४ सय ८५ विधायकले आफ्ना मत दिएको इजिप्टको संसद्का सभामुखले जनाएका छन् ।

यसपछि अब यो विधेयक संसदीय समितिमा पुनरावलोकनका लागि जाने र त्यसपछि फेरी संसदले पारित गरेपछि जनमत सङ्ग्रहबाट पारित भएमा व्यवहारमा लागू हुनेछ ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ८ : ०२ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५