रियलबाट पोग्वाका लागि आएका सबै प्रस्ताव युनाइटेडद्वारा अस्वीकार « Khabarhub

रियलबाट पोग्वाका लागि आएका सबै प्रस्ताव युनाइटेडद्वारा अस्वीकार


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –इंग्लिस प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेड स्टार खेलाडी पाउल पोग्वाका लागि स्पेनिस क्लब रियल मड्रिडबाट आएका सबै प्रस्ताव अस्वीकार गरेको छ ।

स्पेनको सरुवा बजार खुल्ला रहँदा रियलले पोग्वाका लागि युनाइटेडसँग प्रस्ताव राखे पनि युनाइटेडले सबै प्रस्ताव अस्वीकार गरेको इएसपीएनले जनाएको छ ।

ला लिगाको सरुवा बजार सेप्टेम्बर २ सम्म खुल्ला रहने हुँदा रियलले युनाइटेडसँग प्रस्ताव गरेको थियो । रियल १ सय८० मिलियन पाउण्ड दिने प्रस्ताव गरेपनि युनाइटेडले पोग्वाको रिप्लेसमेन्ट नभेटाउँदा रियलको प्रस्ताव अस्वीकार गरेको हो ।

आइतबार बिहान भएको प्रिमियर लिगको पहिलो खेलमा चेल्सीलाई ४–० गोलले पराजित गर्दा पोग्वाले भनेका थिए,‘अझै पनि मेरो भविष्यलाई लिएर प्रश्न यथावत छ ।’

त्यस्तै, पोग्वाले अघिल्लो सिजनको अन्त्य देखि नै नयाँ चुनौतिका लागि तयार रहेको बताउँदै आएपनि युनाइटेडले उनलाई बाहिर पठाउन भने सकेको छैन् ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ८ : ५९ बजे

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको