विद्युत प्राधिकरणका २ जना कर्मचारी घुससहित पक्राउ « Khabarhub

विद्युत प्राधिकरणका २ जना कर्मचारी घुससहित पक्राउ


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत प्राधिकरणको नवलपरासी पश्चिम (त्रिवेणी) उप–वितरण केन्द्रका २ जना कर्मचारी ४६ हजार ५ सय ५५ रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

त्रिवेणी उप–वितरण केन्द्रको चौथो तह (खरिदारसरह) कार्यरत मेघराज काफ्ले र दैनिक ज्यालादारीमा कार्यरत नारायण कुर्मी घुस रकमसहित पक्राउ परेका हुन् ।

बिजुलीको थ्रीफेथ लाइन जडान गर्ने भनेर सेवाग्राहीसँग लिएको घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

दुवै जनालाई विद्युत प्राधिकरणको त्रिवेणी उप–वितरण केन्द्र कार्यालय परिसरबाटै घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ५ : ११ बजे

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई

क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि