हङकङ आन्दोलन दबाउन चीनद्वारा सीमामा सैन्य शक्ति प्रदर्शन « Khabarhub

हङकङ आन्दोलन दबाउन चीनद्वारा सीमामा सैन्य शक्ति प्रदर्शन


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– लोकतन्त्रको समर्थनमा जारी प्रदर्शन हिंसात्मक बन्दै जाँदा चीनले प्रदर्शन दबाउनका लागि हङकङमा सैनिक आक्रमण गर्ने सङ्केत दिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले युद्धका लागि तम्तयार चिनियाँ जनमुक्ती सेना हङकङतर्फ लागेको जनाएका छन् ।

हङकङस्थित चिनियाँ जनमुक्ती सेनाको ब्यारेकमा रहेका आठदेखि दशहजार सैनिक पनि उच्च सतर्कतामा राखिएको बताइएको छ ।

यसअघि मंगलबार चीनको राज्यनियन्त्रित सञ्चारमाध्यमले एक भिडियो सार्वजनिक गरेको थियो । ग्लोबल टाइम्स अखबारको अनलाइन संस्करणले हङकङसँग सीमा जोडिएको सेन्जेन शहरमा जनमुक्ती सेनाले बख्तरबन्द गाडीसहित अभ्यास गरिरहेको भिडियो सार्वजनिक गरेको हो ।

हङकङको सीमा क्षेत्रमा रहेको सेन्जेन शहरमा जनमुक्ती सेनाले अर्बन वारफेयर अर्थात् शहरी क्षेत्रमा युद्धकलाको अभ्यास गरेको थियो । चीनले हङकङतर्फ सेना तैनाथ गरेपछि हङ्कङमा सैनिक आक्रमणको चिन्ता उत्पन्न भएको हो ।

प्रदर्शनकारीले हङ्कङको विमानस्थलमा प्रवेश गरी दुई दिनसम्म सयौं उडान तथा अवतरण अवरुद्ध गरेपछि चीनले सैनिक आक्रमणको तयारी गरिरहेको समाचार सार्वजनिक भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अमेरिकी गुप्तचर निकायले आफूलाई चीनले हङकङको सीमा क्षेत्रमा सैनिक उपस्थिती बढाइरहेको जानकारी दिएको जनाएका छन् । राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै सबै पक्षलाई संयमता अपनाउन समेत आह्वान गरेका छन् ।

हङकङमा लोकतन्त्रको समर्थनमा जारी प्रदर्शनका क्रममा प्रदर्शनकारीले त्यहाँको विमानस्थल कब्जा गरेपछि दुई दिनसम्म विमानस्थलको उडान तथा अवतरण अवरुद्ध भएको थियो । विमानस्थल बन्द हुँदा दशौं हजार यात्रीले सास्ती पाएका थिए । विमानस्थल बुधबारबाट पुनः सञ्चालनमा आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रदर्शनकारी एकपछि अर्को गरी विमानस्थलबाट बाहिरिएपछि विमानस्थलको कारवाही सुचालु गरिएको बताइएको छ । बुधबार बिहानैबाट सफाइ कर्मचारीले विमानस्थलमा रहेका फोहार र रगतको दाग सफा गरेका थिए । विमानस्थल प्रशासनले विमानस्थल बन्द हुँदा पर्न गएको असुविधाप्रति क्षमा समेत मागेको छ । हङकङ विमानस्थल संसारकै सबैभन्दा व्यस्त मध्येको विमानस्थलमा पर्छ ।

अर्कोतर्फ हङकङकी प्रमुख कार्यकारी क्यारी लामले प्रदर्शनकारीको हिंसात्मक गतिविधि अस्वीकार्य रहेको जनाएकी छन् । उनले लोकतन्त्रको माग गर्दै प्रदर्शनमा उत्रेका प्रदर्शनकारीले कानून भंग गरेको र विधिको शासनको विपक्षमा गएको आरोप समेत लगाइन् । प्रमुख कार्यकारी लामले प्रदर्शनमा संलग्न सबैलाई कानूनी कठघरामा ल्याइने समेत चेतावनी दिएकी छन् ।

त्यस्तै, चीन सरकारले हङकङका प्रदर्शनकारीलाई आतंककारीको संज्ञा दिएको छ । हङकङ र मकाउ मामिलाका लागि चिनियाँ कार्यालयले हङकङमा भइरहेको प्रदर्शनकारीको गतिविधि आतंककारी गतिविधिभन्दा फरक नभएको भन्दै टिप्पणी गरेको छ । चीनले पछिल्ला केही समययता प्रदर्शनकारीलाई आतंककारीको संज्ञा दिँदै आएको छ ।

१० साता अघि विवादास्पद सुपुर्दगी विधेयक ल्याइएपछि हङकङमा प्रदर्शन शुरु भएको थियो । एकपछि अर्को प्रदर्शन हिंसात्मक बन्दै गएको अवस्थामा प्रहरी र प्रदर्शनकारीबीच पटकपटक विभिन्न स्थानमा झडप हुँदै आएको छ ।

यो प्रदर्शनलाई चीनमा सी जिनपिङले राष्ट्रपतिको जिम्मेवारी सम्हालेयताकै सबैभन्दा चुनौतिपूर्ण राजनीतिक संकटका रुपमा लिइएको छ । प्रदर्शनका क्रममा प्रहरीले हालसम्म ६ सयभन्दा धेरैलाई गिरफ्तार गरिसकेको जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ६ : ४८ बजे

रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण 

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थलमा

दिनभर चल्यो गृहमन्त्री ‘कुटिएको हल्ला’, अहिले आयो होटलका दुई मजदुरलाई थुनाएको खबर

चितवन : गृहमन्त्री सुधन गुरुङको सचिवालयमा उनका सहयोगी कमल सर्गम

यस्तो छ विष्णु पौडेलमाथिको आरोप, चुनावी प्रतिस्पर्धी चुन्नप्रसादले दिएका थिए ‘रकम लुकाएको’ बयान

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई

रास्वपा महाधिवेशन : पार्टी सदस्य ५ लाख २३ हजार 

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो कुल सदस्य संख्या

शंकर पोखरेल भन्छन् : एमाले हरेक धक्काबाट उठेको छ, फेरि पनि उठ्नेछ

सुर्खेत- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेले इतिहासका विभिन्न