कांग्रेस बैठकः अनुशासन समितिको प्रतिवेदनमाथि छलफल « Khabarhub

कांग्रेस बैठकः अनुशासन समितिको प्रतिवेदनमाथि छलफल


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा अनुशासन समितिको प्रतिवेदनमा छलफल शुरु भएको छ ।

बुधबार बसेको केन्द्रीय समितिको बैठकमा केन्द्रिय अनुशासन समितिका सभापति भिष्मराज आङ्गदम्बेले आफ्नो प्रतिवेदन पेश गरे पछि छलफल शुरु भएको हो ।

नेपाली कांग्रेसको जारी केन्द्रिय समितिको बैठकमा अनुशासन समितिको प्रतिवेदनको साथै विभिन्न तहमा हुने उपनिर्वाचनको विषयमा समेत छलफल हुने कार्यसूची रहेको छ । नेपाली कांग्रेसले केही दिन अघि अन्तरिम संरचनालाई रुपान्तरण गरी संघीय व्यवस्था बमोजिम विधानको धारा ७२ बमोजिम संरचना बनाउने निर्णय गरि सकेको छ ।

केन्द्रिय सदस्य प्रदीप पौडेलले दोश्रो चरणको जागरण अभियान शुरु हुनु अघि उपनिर्वाचन र भातृ संगठनहरुको विषयमा केन्द्रीय समितिले निर्णय लिने बताए । कांग्रेस केन्द्रीय समितिको बैठकमा बिधान र अन्तरिम संरचना बाहेक नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना संयोजन समितिको प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन, राष्ट्रिय जागरण अभियानको प्रथम चरणको प्रतिवेदन प्रस्तुत भैसकेको छ ।

बुधबार छलफलको लागि पेश भएको अनुशासन समितिको प्रतिवेदनमा प्रतिनिधि सभा लगायतको तीनै तहको निर्वाचमा पार्टीको उम्मेदवार हराउने र असहयोग गर्ने व्यक्तिहरुलाई कारबाही सिफारिस गरिसकेको छ । समितिको कारबाही सिफारिस एक पक्षीय र गुटगत निर्णय भएको भन्दै पार्टी भित्र बिरोध पनि भइरहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ७ : ३९ बजे

कर्णालीमा बेपत्ता गाडीको खोजी जारी, गोताखोर परिचालन

काठमाडौं– दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडास्थित कर्णाली नदीमा खसेर बेपत्ता भएको

ढाक्रेखोला सडकखण्ड १५ दिन बन्द

दमौली– ऋषिङ गाउँपालिकाको श्रृङ्गपथ सडकअन्तर्गत वडा नम्बर ६ स्थित ढाक्रेखोलामा

यामाहाले मनायो ७१ औँ वार्षिकोत्सव

काठमाडौं– यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई ‘यामाहा

नाटोप्रति ट्रम्पको असन्तुष्टि

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोसँग अमेरिकाको वर्तमान सम्बन्धलाई ‘एकतर्फी’

खामेनीको अन्त्येष्टिअघि क्रान्तिकारी गार्ड प्रमुख वाहिदी सार्वजनिक

दुबई- इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको शनिबारदेखि सुरु हुने अन्त्येष्‍टि