कांग्रेस बैठकः अनुशासन समितिको प्रतिवेदनमाथि छलफल | Khabarhub Khabarhub

कांग्रेस बैठकः अनुशासन समितिको प्रतिवेदनमाथि छलफल


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा अनुशासन समितिको प्रतिवेदनमा छलफल शुरु भएको छ ।

बुधबार बसेको केन्द्रीय समितिको बैठकमा केन्द्रिय अनुशासन समितिका सभापति भिष्मराज आङ्गदम्बेले आफ्नो प्रतिवेदन पेश गरे पछि छलफल शुरु भएको हो ।

नेपाली कांग्रेसको जारी केन्द्रिय समितिको बैठकमा अनुशासन समितिको प्रतिवेदनको साथै विभिन्न तहमा हुने उपनिर्वाचनको विषयमा समेत छलफल हुने कार्यसूची रहेको छ । नेपाली कांग्रेसले केही दिन अघि अन्तरिम संरचनालाई रुपान्तरण गरी संघीय व्यवस्था बमोजिम विधानको धारा ७२ बमोजिम संरचना बनाउने निर्णय गरि सकेको छ ।

केन्द्रिय सदस्य प्रदीप पौडेलले दोश्रो चरणको जागरण अभियान शुरु हुनु अघि उपनिर्वाचन र भातृ संगठनहरुको विषयमा केन्द्रीय समितिले निर्णय लिने बताए । कांग्रेस केन्द्रीय समितिको बैठकमा बिधान र अन्तरिम संरचना बाहेक नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना संयोजन समितिको प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन, राष्ट्रिय जागरण अभियानको प्रथम चरणको प्रतिवेदन प्रस्तुत भैसकेको छ ।

बुधबार छलफलको लागि पेश भएको अनुशासन समितिको प्रतिवेदनमा प्रतिनिधि सभा लगायतको तीनै तहको निर्वाचमा पार्टीको उम्मेदवार हराउने र असहयोग गर्ने व्यक्तिहरुलाई कारबाही सिफारिस गरिसकेको छ । समितिको कारबाही सिफारिस एक पक्षीय र गुटगत निर्णय भएको भन्दै पार्टी भित्र बिरोध पनि भइरहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ७ : ३९ बजे

सुदूरपश्चिममा रेबिज सङ्क्रमण बढ्दो, नियन्त्रणमा चुनौती

कञ्चनपुर– सुदूरपश्चिममा रेबिजको सङ्क्रमण बढ्दो क्रममा देखिएको छ । पशुपन्छी

वीरगञ्ज नाका पहिलो दुई महिनामा १७ अर्बको सामान निर्यात

वीरगञ्ज– चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज नाकाबाट १७ अर्ब

आज बडादशैँको पाँचौँ दिन : स्कन्दमाताको पूजा हुँदै

काठमाडौं – बडादशैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दशैँघर तथा

ला लिगा : ओभिएदोमाथि बार्सिलोनाको सानदार पुनरागमन जित

काठमाडौं – ला लिगा अन्तर्गत शुक्रबार राति भएको खेलमा बार्सिलोनाले

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर