अन्तर्राष्ट्रिय विमानस्थललाई सुधार गर्दै लैजाने पर्यटनमन्त्रीको प्रतिबद्धता « Khabarhub

अन्तर्राष्ट्रिय विमानस्थललाई सुधार गर्दै लैजाने पर्यटनमन्त्रीको प्रतिबद्धता


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अबको एक महिनाभित्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल चेम्बर अफ कमर्शद्वारा बुधबार आयोजित ‘नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धनका सम्भावना तथा सहजीकरणका सन्दर्भमा निजी क्षेत्रको भूमिका’ विषयक अन्तरक्रियामा मन्त्री भट्टराईले पहिलेको तुलनामा सुधार भएको र आकाशमा हुने ‘हवाई ट्राफिकिङ’ लगायतका समस्यालाई अझै व्यवस्थित ढङ्गबाट समाधान गरी समग्र सुधार गर्ने बताए ।

उनले भने, ‘भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउने उद्देश्यले विमानस्थलको सुधार, भूकम्पबाट भत्किएका सम्पदाको पुनःसंरचना लगायतका कामलाई सरकारले तीव्रता दिएको छ, पर्यटन वर्षलाई सफल बनाउन सबैको सहयोगको अपेक्षा गर्दछु ।’

उनले विमानस्थलमा खटिएका कर्मचारीलाई सकारात्मक सोचको तालिमको समेत व्यवस्था गरिएको बताउँदै आन्तरिक उडानमा देखिएका समस्यासमेत समाधान गर्ने बताए ।

मन्त्री भट्टराईले आन्तरिक विमानस्थलको विकास र विस्तारको काम भइरहेको भन्दै पोखरा, बारा र रुपन्देहीलगायतका स्थानमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम तीव्रताका साथ अघि बढिरहेको बताए ।

साथै यही डिसेम्बरसम्म लुम्बिनीको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सम्पन्न गर्न निर्माण कम्पनीसँग सम्झौता भइसकेको बताउँदै उनले भने्, ‘पोखरा विमानस्थलको काम पनि सन्तोषजनक छ, यही रफ्तारमा काम अघि बढेमा आगामी ६ महिनामा सकिन्छ ।’

दोस्रो आन्तर्राष्ट्रिय विमानस्थल (निजगढ विमानस्थल) पीपीपी मोडेलमा जाने भनी मंगलबारमात्र लगानी बोर्डमा छलफल भएको उनले बताए ।

पर्यटन मन्त्रालय र अन्य मन्त्रालयको दायित्व भनेको जमिनको व्यवस्थापन, बस्ती व्यवस्थापन गर्नु भन्दै उनले भने, ‘सञ्चारमाध्यममा धेरै रुख काटिन्छ भनेर हल्ला फैलिएछ । वातावरण मन्त्रालयले निकालेको प्रतिवेदन अनुसार २ लाख बढी रुखहरु काटिनेछन् ।’

पर्यटकहरुका लागि प्रमुख गन्तव्य बनाउन सम्पदा पुनर्निर्माणको काम तीव्र गतिमा अघि बढेको उनले बताए ।

चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले भारत र चीन लगायतका मुलुकको जनसङ्ख्याको करीब ०.१ प्रतिशत पर्यटकलाई नेपाल ल्याउनुपर्नेमा जोड दिए ।

चेम्बरका निवर्तमान अध्यक्ष सुरेशकुमार बस्नेत र वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ललगायतले नेपालको पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार समक्ष आग्रह गरे ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ८ : २० बजे

केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

एजेन्सी– केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका असर

विराटनगर किङ्सबाट एनपिएल खेल्न नेपाल आइपुगे आन्द्रे रसेल

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न वेस्ट इन्डिजका चर्चित

भारतको बाँध परियोजनाविरुद्ध प्रदर्शन, प्रहरीसँग झडप हुँदा ४० प्रहरी घाइते

नयाँदिल्ली– चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल जलविद्युत् बाँध

महान्यायाधिवक्ताको निर्णय उल्ट्याउँदै सर्वोच्चको परमादेश- ‘कैद हद अधिकार हो, सुविधा होइन’

काठमाडौँ– सर्वोच्च अदालतले कैदहदको सुविधा पाएका कैदीलाई प्यारोल सुविधाबाट वञ्चित