अन्तरङ्ग सम्बन्ध पनि थाहा पाउँछ फेसबुकले ! « Khabarhub

अन्तरङ्ग सम्बन्ध पनि थाहा पाउँछ फेसबुकले !


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामाजिक सञ्जाल फेसबुकले तपाईंको यौन जीवन र अन्तरङ्ग सम्बन्धकाबारेमा पनि थाहा पाउने गरेको एक रिपोर्ट सार्वजनिक भएको छ ।

एक अध्ययन अनुसन्धानका अनुसार यस्ता डाटा केही एपहरुले सामाजिक सञ्जाल फेसबुकलाई दिने गरेका छन् । जसका आधारमा फेसबुकले उक्त अवस्थालाई ध्यान दिँदै विज्ञापन र सामाग्रीहरु सञ्जाल प्रयोगकर्तासँग पठाउने गरेको तथ्य फेला पारेको हो ।

प्रिभसी इन्टरन्याशनल (पीआई) ले गरेको एक अध्ययनले यौनसम्पर्क गरेको समयसहित मानिसहरूको अन्तरङ्ग सम्बन्धका कुरा सामाजिक सञ्जाल फेसबुकले पाउने गरेको विवरण सार्वजनिक गरेको हो ।

पीआईले अनुसार यौनसम्पर्क गरेको समयसहित महिलाको महिनावारीको विवरण राख्न प्रयोग गरिने एपहरू बारे लामो अध्ययन गरेको थियो ।

अध्ययनका अनुसार माया, एमआईए माई पिरिअड ट्र्याकर लगायतका एपले आफ्ना प्रयोगकर्ताबाट प्राप्त डेटा फेसबुकलाई दिने गरेको हो । माया ५० लाख, एमआईए १० लाख र माई पिरिअड ट्र्याकर १० लाख भन्दा धेरै डाउनलोड भएका एपहरु हुन् ।

एप प्रयोग गर्ने महिलाले कस्तो गर्भनिरोधक औषधि प्रयोग गरिन्, उनको महिनावारी कहिले हुन लागेको छ र कस्ता लक्षणहरू देखियो भन्ने विवरण त्यसमा लिइएको हुन्छ।

महिनावारीका बारेमा बताउने एपहरूले सामान्य स्वास्थ्यका कुरादेखि यौन, मनस्थितिसम्बन्धी सूचना, प्रयोगकर्ताले के खाने र पिउने गर्छन् अनि कुन स्यानिटरी प्याड प्रयोग गर्छन् भन्नेसम्मका विवरण लिने गरेका छन् र त्यस्ता विवरणहरु फेसबुकलाई उपलब्ध गराउने गरेका हुन् ।

सामाजिक सञ्जालको सफ्टवेअर डेभलपमेन्ट किट (एसडीके) मार्फत् फेसबुकमा त्यो शेयर हुन्छ र सामाजिक सञ्जालहरूले प्रयोगकर्ताहरूलाई ध्यानमा राखेर उनीहरुको लागि आवश्यक पर्ने खालका विज्ञापनहरु उपलब्ध गराउने र विज्ञापनकर्ताबाट पैसा कमाउने गरेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ५ : ४८ बजे

विश्वकपका रेफ्रीलाई अमेरिकाले प्रवेश रोकेकोमा सोमालियाको आपत्ति

मोगादिसु – सोमालियाको फुटबल महासंघले आफ्ना पुरस्कार विजेता रेफ्री ओमार

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल

रास्वपाको चुनावी भिडियो विवाद: ‘हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग