बाँके घटनालाई कांग्रेसले राजनीतिकरण गरेको नेकपाको आरोप « Khabarhub

बाँके घटनालाई कांग्रेसले राजनीतिकरण गरेको नेकपाको आरोप


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बाँकेको सितापुर घटनालाई नेपाली कांग्रेसले राजनीतिकरण गरेको आरोप लगाएको छ ।

कांग्रेसले आयोजना गरेको जागरण अभियानको कार्यक्रममा नेकपाका कार्यकर्ताले हुलहुज्जत गरेको कांग्रेसको आरोपलाई नेकपा बाँकेले राजनीतिक प्रतिशोध साँधेको भन्दै विरोध जनाएको हो ।

घटनामा सम्बन्ध नै नभएका खजुरा गाउँपालिका वडा नं १ का वडा अध्यक्ष सुमन मल्लको नाम जोडेर कांग्रेसले राजनीतिक प्रतिशोध साँधेको नेकपाको आरोप छ ।

नेकपा बाँकेले शुक्रबार पत्रकार सम्मेलनको गरी नेपाली कांग्रेसले घटनालाई राजनीतिकरण गरेको र घटनामा संलग्न नै नभएका नेकपाका कार्यकर्तालाई मुछ्ने कार्य गरेको भन्दै आपत्ति जनाएको हो ।

सीतापुरमा बिहिवार भएको घटनालाई कांग्रेसले अतिरञ्जित तवरले उचालेको नेकपाको आरोप छ । यद्दपी घटनाप्रति भने नेकपा बाँकेले दुःख व्यक्त गरेको छ ।

घटनापछि नेकपाका बाँकेका अध्यक्ष आइपी खरेल, सचिव अशोक कोइराला लगायत कांग्रेसका सभापति किरण कोइरालाको निवासमा पुगी घटनामा संलग्नलाई कारवाही गर्ने तर ब्यक्तिगत घटनालाई राजनीतिकरण नगर्ने सहमति भएको नेकपाको दाबी छ ।

‘घटनाको समयमा नभएका सुमन मल्ल लगायतका व्यक्तिलाई मुछेर घटनालाई राजनीतिक रंग दिन खोजिएको छ’ पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष आइपी खरेलले भने,’ ब्यक्तिगत घटनालाई राजनीतिकरण गर्दै नेकपा पार्टी र कार्यकर्ता विरुद्ध लगाइएको गम्भिर आरोपप्रति हाम्रो असहमति रहेको छ ।’

कांग्रेस लगायत कुनैपनि पार्टी र कार्यकर्ताप्रति दुव्यर्वहार र असहयोग गर्ने पार्टीको नीति नभएको उनले स्पस्ट पारे ।

भिडियो खिच्ने, प्रहरीमा उजुरी गर्ने काँग्रेसकै कार्यकर्ता हुन्, पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष खरेलले भने,– प्रहरीको खोजीरहेका असलम भाटलाई प्रहरीलाई बुझाउन गएका पार्टीका समर्थकलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन दबाब दिनु अतिरञ्जित गर्नु हो ।’ घटना काँग्रेस लक्षित नभएको भन्दै उनले कांग्रेसको कार्यक्रममा जानु भने नेकपा समर्थकहरुको गल्ति भएको स्वीकार गरेका छन् । नेकपा बाँकेका सचिव अशोक कोइरालाले पार्टीको नाम जोड्ने हो भने पार्टी अध्यक्ष खरेल र आफ्नो नाममा पनि मुद्दा दर्ता गर्न चेतावनी दिए ।

नेपाली कांग्रेसले आयोजना गरेको जागरण अभियानका क्रममा भएको झडपमा नेपाली कांग्रेसकी नेपालगञ्ज अध्यक्ष किरण कोइरालाको हात भाँचिएको थियो ।

उक्त घटनामा नेकपा कार्यकर्ताको संलग्नता रहेको भन्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रवार पत्रकारसम्मेलन गरी भर्त्सना गरेका छन् ।  घटनाको विरोधमा कांग्रेसले शनिवार प्रदर्शन समेत गरेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ७ : १६ बजे

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका