ओसामा बिन लादनेका छोरा हम्जा अमेरिकी कारबाहीमा मारिएको ट्रम्पद्वारा पुष्टि « Khabarhub

ओसामा बिन लादनेका छोरा हम्जा अमेरिकी कारबाहीमा मारिएको ट्रम्पद्वारा पुष्टि


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलकायदाका पूर्व प्रमुख ओसामाबिन लादेनका छोरा हम्जा बिन लादेनको मृत्यु भएको पुष्टि गरेका छन् ।

शनिवार एक विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले अलकायदाका पूर्व प्रमुख ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनको‘अफगानिस्तान/पाकिस्तान क्षेत्रमा अमेरिकाले सञ्चालन गरेको प्रतिआतंकवाद कारवाहीमा मृत्यु भएको’ जनाएका हुन् ।

तर, ट्रम्पले हम्जा बिन लादेनको मृत्यु भएको समयबारे केही उल्लेख गरेका छैनन् ।

‘हम्जाको मृत्युले अलकायदाको नेतृत्वलाई मात्र नभइ उक्त समूहको महत्वपूर्ण गतिविधिलाई पनि कमजोर पर्ने छ’ अमेरिकी राष्ट्रपति ट्रम्पले जारी गरेको बयानमा भनिएको छ ।

ट्रम्पले अगाडि भनेका छन्,‘हम्जा विन लादेन अरु आतंकवादी समूहसँगको सम्झौता र योजनाका लागि जिम्मेवार थिए ।’

गत फेब्रुअरी महिनामा अमेरिकी सरकारले उनी बसेको ठाउँबारे जानकारी दिनेलाई १० लाख डलर पुरस्कार दिने घोषणा गरेको थियो । साउदी अरेबियाले गत मार्चमा उनको नागरिकता खोसेको थियो ।

करिब ३० वर्षको भएका ठानिएका हम्जा बिन लादेनले अमेरिका र अन्य देशहरूमा आक्रमण गर्न आग्रह गर्दै भिडिओ र अडिओ रिपोर्ट सार्वजनिक गरेको बीबीसीले जनाएको छ ।

हम्जा बिन लादेनले आफ्ना बुवा ओसामा बिन लादेनको अमेरिकाद्वारा गरिएको हत्याको बदला लिन जिहादीहरूलाई आग्रह गरेका थिए । अल कायदा सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको भीषण आक्रमण हमलामा जिम्मेवार समूह हो ।

ओसामा बिन लादेन अमेरिकी विशेष फौजद्वारा सन् २०११ मा पाकिस्तानमा मारिएका थिए ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ७ : ५१ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष