अब कर्णालीले विकासको कोल्टो फेर्छ: मन्त्री राई « Khabarhub

अब कर्णालीले विकासको कोल्टो फेर्छ: मन्त्री राई


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत–शहरी विकासमन्त्री मोहम्मद ईश्तियाक राईले मुलुक सङ्घीय संरचनामा गइसकेकाले कर्णाली प्रदेशको विकासले अब कोल्टो फेर्ने बताएका छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको नवःनिर्मित प्रदेश अस्पताल भवनको शनिवार उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा उनले कर्णाली विगतकै अवस्थामा नरहने र यसको विकासमा शहरी विकास मन्त्रालयले प्राथमिकता दिने बताए ।

उनले भने “स्वास्थ्य मन्त्रालयअन्तर्गत कर्णालीमा १५ शै्याका १६ अस्पताल निर्माणका लागि टेण्डर आह्वान हुँदैछ । यसले यहाँका नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित हुनेछ ।”

कूल लागत रु ५४ करोड ५५ लाख लागतमा सो अस्पताल भवनको निर्माण सम्पन्न भएको हो ।

कार्यक्रममा मन्त्री राईले विसं २०७३ माघ ११ गते सम्झौता भई तोकिएको समय भन्दा अगाडि नै भवनको निर्माण कार्य सम्पन्न गरेकोमा निर्माण कम्पनी आशीष एण्ड कन्टेक जेभी चितवन भरतपुरलाई धन्यवाद दिँदै सम्मानपत्र प्रदान गरे ।

विगतका दिनमा मध्यपहाडी लोकमार्गका नाममा हुलाकी शहर, तराई शहर र नयाँ शहर मात्र स्वीकृत भए पनि निर्माण प्रक्रिया अघि नबढेको र आपूmमन्त्री भएपश्चात् कर्णाली प्रदेशअन्तर्गत पश्चिम रुकुमको चौरजहारी, दैलेखका राकम र सुर्खेतको भेरीगङ्गालाई नयाँ शहरका रुपमा विकास गर्ने प्रक्रिया अघि बढाएको उनले बताए ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ९ : ०५ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई