अब कर्णालीले विकासको कोल्टो फेर्छ: मन्त्री राई | Khabarhub Khabarhub

अब कर्णालीले विकासको कोल्टो फेर्छ: मन्त्री राई


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत–शहरी विकासमन्त्री मोहम्मद ईश्तियाक राईले मुलुक सङ्घीय संरचनामा गइसकेकाले कर्णाली प्रदेशको विकासले अब कोल्टो फेर्ने बताएका छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको नवःनिर्मित प्रदेश अस्पताल भवनको शनिवार उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा उनले कर्णाली विगतकै अवस्थामा नरहने र यसको विकासमा शहरी विकास मन्त्रालयले प्राथमिकता दिने बताए ।

उनले भने “स्वास्थ्य मन्त्रालयअन्तर्गत कर्णालीमा १५ शै्याका १६ अस्पताल निर्माणका लागि टेण्डर आह्वान हुँदैछ । यसले यहाँका नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित हुनेछ ।”

कूल लागत रु ५४ करोड ५५ लाख लागतमा सो अस्पताल भवनको निर्माण सम्पन्न भएको हो ।

कार्यक्रममा मन्त्री राईले विसं २०७३ माघ ११ गते सम्झौता भई तोकिएको समय भन्दा अगाडि नै भवनको निर्माण कार्य सम्पन्न गरेकोमा निर्माण कम्पनी आशीष एण्ड कन्टेक जेभी चितवन भरतपुरलाई धन्यवाद दिँदै सम्मानपत्र प्रदान गरे ।

विगतका दिनमा मध्यपहाडी लोकमार्गका नाममा हुलाकी शहर, तराई शहर र नयाँ शहर मात्र स्वीकृत भए पनि निर्माण प्रक्रिया अघि नबढेको र आपूmमन्त्री भएपश्चात् कर्णाली प्रदेशअन्तर्गत पश्चिम रुकुमको चौरजहारी, दैलेखका राकम र सुर्खेतको भेरीगङ्गालाई नयाँ शहरका रुपमा विकास गर्ने प्रक्रिया अघि बढाएको उनले बताए ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ९ : ०५ बजे

कोशी प्रदेशले विपद् जोखिम न्यूनीकरणका लागि विपद् बिमा र बस्ती स्थानान्तरण गर्ने

मोरङ – कोशी प्रदेश सरकारले विपद्को क्षति न्यूनीकरणका लागि विपद्

चीनमा सवारीसाधनको बिक्रीमा उत्साहजनक वृद्धि

बेइजिङ – चीनमा सवारीसाधनको बिक्री मे महिनामा उल्लेखनीय रूपमा वृद्धि

हुल बाँधेर आउन थाले बाहुनडाँगीमा हात्ती

झापा – झापाको मेचीनगर–४ बाहुनडाँगीका बासिन्दा दैनिक भारतबाट हुल बाँधेर

आजका समाचार : संसद्मा हलो अड्किएको अड्कियै, नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा र ट्रम्पको दक्षिणपन्थी बाटोमा संकटको बादल

काठमाडौं-तराई\मधेस द्रुतमार्गको समस्याबारे प्रधानमन्त्रीसँग छलफल प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई/मधेस

गण्डक नहर पूर्ण क्षमतामा सञ्चालन, उर्जामन्त्रीले गरे उद्घाटन 

नवलपरासी– उर्जामन्त्री दीपक खड्काले नेपाल गण्डक पश्चिमी नहर सिँचाइ आयोजनाको