दाइजोका कारण नेपाली चेलीको भारतमा हत्या, पतिसहित ४ जना पक्राउ « Khabarhub

दाइजोका कारण नेपाली चेलीको भारतमा हत्या, पतिसहित ४ जना पक्राउ


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगर महानगरपालिका–११ कि एक विवाहित चेलीको शव सीमावर्ती बजार जोगवनीदेखि तीन किमि दक्षिण परमान खोलामा आइतबार फेला परेको छ ।

भारतको जोगवनी प्रहरी चौकीका प्रमुख अफताब अहमदले दिएको जानकारीअनुसार विराटनगर–११ माइती भएकी २२ वर्षीया रन्जना सहनी (बहरदार) को शुक्रबार राति भारतको अररीया जिल्लाको जोगवनीस्थित भेडयारीमा हत्या भएको अनुमान गरिएको छ ।

मृतकको अनुहार र शरीरको विभिन्न भागमा चोटपटक देखिएको छ । सहनीलाई दाइजोका लागि उनका परिवारका सदस्यले हत्या गरेको आशङ्का गरिएको छ ।

भारतीय प्रहरीले हत्या आरोपमा मृतकका पति भारतीय नागरिक जोगवनी भेडयारीका–२५ वर्षीय भीम बहरदार सहनी, ससुरा सैनी बहरदार, जेठाजु अर्जुन बहरदार र छिमेकी शिवानन्द मुखियालाई पक्राउ रहेको छ । सासू र जेठानी भने फरार रहेकोमा उनीहरुलाई खोजीकार्य भइरहेको भारतीय प्रहरीको भनाइ रहेको छ ।

कुटपिटपछि हत्या भएको अनुमान गरिएको छ भने थप आवश्यक अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ६ : ५३ बजे

यस्तो छ विष्णु पौडेलमाथिको आरोप, चुनावी प्रतिस्पर्धी चुन्नप्रसादले दिएका थिए ‘रकम लुकाएको’ बयान

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई

रास्वपा महाधिवेशन : पार्टी सदस्य ५ लाख २३ हजार 

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो कुल सदस्य संख्या

शंकर पोखरेल भन्छन् : एमाले हरेक धक्काबाट उठेको छ, फेरि पनि उठ्नेछ

सुर्खेत- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेले इतिहासका विभिन्न

शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्छ : मन्त्री यादव

भरतपुर– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले चितवनको शक्तिखोर औद्योगिक

विष्णु पौडेलको बचाउमा विशेषमा बहस : मालपानीको गाडी जसले चढ्यो, उसलाई पहिले पक्राउ गरौँ

काठमाडौं- सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाका लागि सोमबार पक्राउ गरिएका नेकपा एमालेका