मेस्सी बिना नै अर्जेन्टिनाको शानदार जित « Khabarhub

मेस्सी बिना नै अर्जेन्टिनाको शानदार जित


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इक्वेडरमाथि शानदार जित हासिल गरेको छ । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी बिनानै अर्जेन्टिनाले इक्वेडरको पोस्टमा आधा दर्जन गोल गरेको हो ।

पहिलो हाफमा तीन गोल गरेको अर्जेन्टिनाले दोस्रो हाफमा थप तीन गोल गरेको थियो भने इक्वेडरले एक गोल फर्काएको थियो ।

अर्जेन्टिनाका लागि लुकास एलारिओले २० औँ गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै लिएनार्डो पारेडेसले ३२ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै खेल २–० को स्थितिमा पु¥याए । खेलको २७ औँ मिनेटमा इक्वेडरका जोन स्पिनोजाले आत्मघाती गोल गरेसँग अर्जेन्टिना ३–० को स्थितिमा पुगेको थियो ।

दोस्रो हाफमा इक्वेडरले खेलमा फर्किने संकेत देखाए पनि एक गोल मात्रै फर्काउन सक्यो । ४९ औँ मिनेटमा एन्जल मिनाले इक्वेडरका लागि एक गोल गरे। त्यसपटि अर्जेन्टिनाले तीन गोल थप्यो ।

६६ औँ मिनेटमा जर्मन पिजेला, ८२ औँ मिनेटमा निकोलास डोमिन्गुएज तथा ८६ औँ मिनेटमा लुकास ओकाम्पोसले गोल गर्दै अर्जेन्टिना ६–१ गोल अन्तरले विजयी भयो ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ८ : ५४ बजे

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो