नेयमार फेरि घाइते, १२ मिनेटमै मैदान बाहिर | Khabarhub Khabarhub

नेयमार फेरि घाइते, १२ मिनेटमै मैदान बाहिर


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पेरिस सेन्ट जर्मन तथा ब्राजिलका स्टार खेलाडी नेयमार फेरि घाइते भएका छन् ।

आइतवार राति भएको ब्राजिल र नाइजेरियाबीचको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलका क्रममा नेयमारले चोट व्येहोरेका हुन् ।

नाइजेरियाविरुद्धको खेलका क्रममा उनलाई चोट लागेपछि १२ औं मिनेटमा उनी मैदानबाट बाहिरिएका थिए ।

स्टार खेलाडीले खेलको शुरुवातमै चोट बोकेपछि दबाबमा रहेको ब्राजिलका लागि नेयमारको स्थानमा फिलिपे कौटिन्हो मैदान प्रवेश गरेका थिए ।

नेयमारको ‘मसल इन्जुरी’ भएको समाचारहरुमा बताइएको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको उक्त खेलमा ब्राजिलले नाइजेरीयासँग १–१ बराबरी भएको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  १० : ०१ बजे

इलाममा निरन्तर एमालेको अग्रता : कांग्रेस २२ सय ५७ मतले पछाडि

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ