महरालाई भोलि अदालतमा उपस्थित गराइने « Khabarhub

महरालाई भोलि अदालतमा उपस्थित गराइने


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई मंगलबार मात्र अदालतमा उपस्थित गराइने भएको छ ।

आज अदालत बन्द हुने भएका कारण मंगलबार (भोलि)मात्र महरालाई अदालतमा उपस्थित गराइने भएको हो । यसअघि सोमबार (आज) महरालाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने तयारी थियो ।

पूर्व प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधन भएका कारण एक दिन अदालत बन्द गर्ने प्रचलनस्वरुप आज देशभरका सवै तहका अदालत र न्यायाधीकरणमा शोक बिदा दिइएको सर्वोच्च अदालतले जनाएको छ । पूर्व प्रधानन्यायाधीश उपाध्यायको गत असोज १० गते निधन भएको थियो ।

निवर्तमान सभामुख महरालाई असोज १९ गते आइतबार साँझ प्रहरीले बालुवाटारबाट पक्राउ गरेको थियो ।

बीचमा दशैंको सार्वजनिक विदा परेका कारण उनलाई अदालत उपस्थित गराइएको थिएन । दशै विदा सकिएपछि आज अदालत उपस्थित गराइने भनिएकोमा आज अदालत बन्द हुने भएपछि उनलाई मंगलबारमात्र अदालत उपस्थित गराइने स्रोतले जनाएको छ ।

महरामाथि संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई करणी गरेको आरोप लागेको छ । महिलामाथि गरेको यो दुर्व्यवहारको घटना सार्वजनिक भएपछि महराले त्यसको भोलिपल्टै नैतिकताका आधारमा सभामुख पदबाट राजीनामा दिएका थिए ।

प्रहरी थुनामा रहेका महराको स्वास्थ्य अवस्था बिग्रिएपछि नर्भिक अस्पतालमा भर्ना गरि उपचार थालिएको छ । नर्भिकमै रहेका महरालाई प्रहरीले मंगलबार अदालतमा उपस्थित गराउने छ ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  १० : ३७ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर