वुमन्स च्याम्पियन्स लिग विजेता टोलीले ७ लाख पाउने « Khabarhub

वुमन्स च्याम्पियन्स लिग विजेता टोलीले ७ लाख पाउने


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पहिलो पटक हुने लागेको महिला टि–२० क्रिकेट लिगको विजेता टोलीले ७ लाख पाउने भएको छ ।

आयोजक क्विन्स इभेन्ट मेनेजमेन्टको आयोजनामा असोज २९ गतेदेखि कात्तिक ७ गतेसम्म आयोजनक हुने वुमन्स च्याम्पियन्स लिग टी–२० क्रिकेट प्रतियोगिताको विजेताको ७ लाख पाउँदा उपविजेताले ३ लाख पाउनेछन् ।

यस्तै, व्यक्तिगत पुरस्कारतर्फ प्लेयर अफ दि म्याचले १ सय २५ सीसीको टिभियसको स्कुटरसहित ५० हजार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

उत्कृष्ट बलर र ब्याटरले २५ हजार रुपैयाँ नगद पाउने बताइएको छ । यस्तै, प्रत्येक खेलको वुमन अफ दि म्याचले नगद रु ५ हजार र ट्रफी पाउने जनाइएको छ ।

किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगितामा देशभरका ५ शहरका ५ टिम सहभागी छन् ।

प्रतियोगितामा ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्यापिटल रोयल्स काठमाडौँ, चितवन राइनोज र विराटनगर टाइटन्सले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा २९ गते काठमाडौं क्विन्स र चितवन राइनोजले प्रतिस्पर्धा गर्दैछन्। लिग चरणको उद्घाटन हुने दिन बाहेक अन्य दिन २–२ वटा खेल हुनेछन् । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ५ : ५६ बजे

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : देउवाले महामन्त्रीद्वयलाई बोलाए

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती