समाजवादी पार्टीकी नेतृ साहको रिहाइको माग « Khabarhub

समाजवादी पार्टीकी नेतृ साहको रिहाइको माग


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय विद्यार्थी संघले समाजवादी पार्टीकी नेतृ तथा अन्तरपार्टी महिला सञ्जाल सप्तरीकी अध्यक्ष सुनिता साहको रिहाइको माग गरेको छ ।

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै संघले साह पक्राउको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै रिहाइएको माग गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘विरोध गर्न पाउने संविधान प्रदत्त अधिकारको खिल्ली उडाएर साहप्रति गरिएको व्यवहार नसच्याए तथा तत्कार रिहाइ नगरे त्यसपछि उत्पन्न परिणामको भागेदार सरकार र सम्बन्धित पक्ष हुने जानकारी गराउँदछौं ।’

गत शुक्रबार साहलाई सप्तरीस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो । महानगरीय प्रहरी वृत्त कमलपोखरीले पत्राचार गरेकाले उनलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको थियो ।

कमलपोखरी वृत्तमा रहेको पुरानो मुद्दाका सन्दर्भमा पक्राउ गर्न पत्र आएपछि नेतृ साहलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको थियो ।

यसअघि चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा भएको प्रदर्शनमा कमलपोखरी वृत्तले नेतृ साह लगायत १० जनालाई पक्राउ गरेको थियो। सोही क्रममा साहविरुद्ध पनि अभद्र व्यहारको मुद्दा चलाइएको थियो ।

यो पटक चिनयाँ राष्ट्रपति आउँदा विरोध प्रदर्शन गर्न सक्ने आशंकामा उनलाई पक्राउ गरिएको समाचारहरु सार्वजनिक भएका थिए ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ७ : ५० बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट