लता मंगेशकरको स्वास्थ्यमा सामान्य सुधार, स्थिति अझै पनि नाजुक « Khabarhub

लता मंगेशकरको स्वास्थ्यमा सामान्य सुधार, स्थिति अझै पनि नाजुक


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पतालमा उपचाररत भारतीय गायिका लता मंगेशकरको स्वास्थ्यमा सामान्य सुधार देखिएको छ । यद्यपि अस्पतालले उनी अझै पनि लताको स्वास्थ्य अवस्था नाजुक भएको जनाएको छ ।

९० वर्षीया लता मंगेशकरलाई सोमबार मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो । डाक्टरहरु उनको उपचारमा जुटेका छन् ।

अस्पताल स्रोतले लताको स्वास्थ्यमा सामान्य सुधार आएको बताएको भारतीय मिडियाले लेखेका छन् ।

हिन्दी, क्षेत्रीय र विदेशी भाषामा हजारौं गीत गाएकी लता मंगेशकरले यस वर्ष ‘सौगन्ध मुझे इस मिट्टी की’ रेकर्ड गराएकी थिइन् । भारतमा खुबै लोकप्रिय लतालाई सन् २००१ मा भारतको सर्वोच्च नागरिक सम्मान ‘भारतरत्न’ प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ९ : ११ बजे

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका