लता मंगेशकरको स्वास्थ्यमा सामान्य सुधार, स्थिति अझै पनि नाजुक « Khabarhub

लता मंगेशकरको स्वास्थ्यमा सामान्य सुधार, स्थिति अझै पनि नाजुक


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पतालमा उपचाररत भारतीय गायिका लता मंगेशकरको स्वास्थ्यमा सामान्य सुधार देखिएको छ । यद्यपि अस्पतालले उनी अझै पनि लताको स्वास्थ्य अवस्था नाजुक भएको जनाएको छ ।

९० वर्षीया लता मंगेशकरलाई सोमबार मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो । डाक्टरहरु उनको उपचारमा जुटेका छन् ।

अस्पताल स्रोतले लताको स्वास्थ्यमा सामान्य सुधार आएको बताएको भारतीय मिडियाले लेखेका छन् ।

हिन्दी, क्षेत्रीय र विदेशी भाषामा हजारौं गीत गाएकी लता मंगेशकरले यस वर्ष ‘सौगन्ध मुझे इस मिट्टी की’ रेकर्ड गराएकी थिइन् । भारतमा खुबै लोकप्रिय लतालाई सन् २००१ मा भारतको सर्वोच्च नागरिक सम्मान ‘भारतरत्न’ प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ९ : ११ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले