बच्चालाई त्रास देखाएर हैन् फकाएर सिकाउनुपर्छ « Khabarhub

बच्चालाई त्रास देखाएर हैन् फकाएर सिकाउनुपर्छ


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तपाईंले आफ्ना बच्चाको व्यवहारमा फरक पाउनुभएको छ ? छ भने सावधान हुनुहोस्, उनीहरूलाई बेग्लै खालको मानसिक समस्या पनि हुनसक्छ। त्यसलाई मनस्थिति परिवर्तन अर्थात् ‘मुड स्विङ’ भनिन्छ।

विज्ञहरूका अनुसार यो बच्चाको मानसिकतासँग जोडिएको समस्या हो। अभिभावकलाई आफ्नो बच्चाको यस्तो मनोवृत्तिबारे थाहा छ तर के भएको, उपचार के छ ? यसबारे भने थाहा नभएका कारण पनि कतिपय अभिभावक दिक्क मान्ने गर्छन्।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका प्रमुख डा. रवि शाक्यले बच्चाहरूमा छिनमै रिसाउने, हाँस्ने, भनेको नमान्नेजस्ता समस्या भएमा ‘मुड स्विङ’हुनसक्ने जानकारी दिए । कतिपयले यस्ता बच्चालाई तह लगाउन गाली गर्ने, डर देखाउने वा कुट्ने गर्छन् तर यस्तो नगरी समयमा नै उपचार गर्नुपर्ने उनको सुझाव छ ।

‘अभिभावकले बच्चालाई कुटेर र तर्साएर समस्याको हल हुँदैन,’ उनले भने, ‘हल नहुने मात्र होइन, त्यसले गम्भीर असर पुर्‍याउन सक्छ।’ जानकारका अनुसार समस्या बच्चाको होइन, अभिभावकको पनि हुनसक्छ।

अभिभावकले नै बच्चाका यस्तो मनस्थितिमा परिवर्तन ल्याउन सक्छन्। बालमनस्थितिलाई त्यसै रूपमा व्यवहार नगरी मेसिन वा यन्त्रका रूपमा व्यवहार गर्दा बालबालिकामा बारम्बार मनस्थिति परिवर्तनको समस्या आउन सक्छ।

डा. शाक्यका अनुसार आमाको दूध नछाड्दै उनीहरूलाई शिशु कक्षामा पुर्‍याइन्छ। एक कक्षामा पुग्दा नपुग्दै उनीहरूलाई ट्युसन कक्षामा भर्ना गरिन्छ।

कोचिङमा पठाइन्छ। खेल्ने, रमाउनेभन्दा पनि आमाबुवाको इशाराअनुसार चल्ने भएका कारण यस्तो समस्या देखेको उनले बताए ।

बालविशेषज्ञ कुमुदी भट्टले पनि बच्चालाई बच्चा बन्न दिनुपर्ने बताउँछिन । हामीले जस्तो काम गर्नुपर्ने, विद्यालयमा ९० प्रतिशत नै लिएर आउनुपर्ने, खेल्न नदिने र पढ्नुपर्छ जस्तो दबाबले धेरै मानसिक समस्या निम्त्याउन सक्छ। उनका अनुसार बच्चाको दिमाग सबैको तेज नै हुनुपर्छ भन्ने जरुरी छैन, पढाइमा कम प्रतिशत ल्याउँदैमा त्यो बच्चा प्रतिभा नभएको भन्न मिल्दैन।

शान्त ठाउँको खोजी गर्ने, मोबाइल वा फोनमा बढी समय बिताउन मन गर्छन् भने साथीहरूसँग मिलजुल गर्न हच्किन्छन्। मुड स्विङको सिकार भएका बच्चालाई कसरी सम्हाल्ने त ? अभिभावकका लागि यो एक जटिल प्रश्न हो। यस्ता बच्चालाई गाली गरेर, हतोत्साही गरेर, निराश तुल्याएर, डर देखाएर होइन, एकदमै प्रेमल वातावरण दिएर सुधार गर्न सकिन्छ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ८ : २३ बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी