पवनको अर्धशतक प्रेरित नेपालले भारतलाई दियो १ सय ९४ रनको लक्ष्य « Khabarhub

पवनको अर्धशतक प्रेरित नेपालले भारतलाई दियो १ सय ९४ रनको लक्ष्य


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवा अलराउण्डर पवन शरार्फको अर्धशतक प्रेरित नेपाल इमर्जिङ टिमले भारतसामू १ सय ९४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बंगलादेशमा जारी इमर्जिङ टिम्स कप २०१९ अन्तरगतको आफ्नो पहिलो खेलमा भारतविरुद्ध नेपाली ब्याट्सम्यान चल्न सकेनन् ।

टस हारेर पहिलो ब्याटिङ गरेको नेपाली टोली ४४.५ ओभरमा सबै विकेट गुमाएर मात्रै १९३ रन बनाउन सक्यो । जसमा शरार्फले ४९ बलमा ५६ रनको योगदान गरे ।

शरार्फले सर्वाधिक रन बनाउँदा शरद भेषावकरले ४४, ओपनर कुसल भुर्तेलले २८, उपकप्तान दिपेन्द्र सिंह ऐरीले २४ रन बनाए ।

यस्तै, करण केसीले २० रन बनाउँदा ६ जना ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । भारतविरुद्ध कप्तान तथा ओपनर ज्ञानेन्द्र मल्ल शुन्यमै आउट हुँदा टोली केही दबाबमा परेको थियो ।

नेपालविरुद्ध भारतका सौरभ दुवेले ४ विकेट लिँदा यस राथौडले ३ विकेट लिए । यस्तै, पार्थ राखेडेले २ तथा सिदार्थ देशाइले एक विकेट लिएका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  १ : ०२ बजे

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट

कांगेसले भन्यो- आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी घटेको अनुभूति गरेनन्, कडा अनुगमन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीपीडितको पुनर्स्थापनाका लागि स्पष्ट