पवनको अर्धशतक प्रेरित नेपालले भारतलाई दियो १ सय ९४ रनको लक्ष्य « Khabarhub

पवनको अर्धशतक प्रेरित नेपालले भारतलाई दियो १ सय ९४ रनको लक्ष्य


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवा अलराउण्डर पवन शरार्फको अर्धशतक प्रेरित नेपाल इमर्जिङ टिमले भारतसामू १ सय ९४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बंगलादेशमा जारी इमर्जिङ टिम्स कप २०१९ अन्तरगतको आफ्नो पहिलो खेलमा भारतविरुद्ध नेपाली ब्याट्सम्यान चल्न सकेनन् ।

टस हारेर पहिलो ब्याटिङ गरेको नेपाली टोली ४४.५ ओभरमा सबै विकेट गुमाएर मात्रै १९३ रन बनाउन सक्यो । जसमा शरार्फले ४९ बलमा ५६ रनको योगदान गरे ।

शरार्फले सर्वाधिक रन बनाउँदा शरद भेषावकरले ४४, ओपनर कुसल भुर्तेलले २८, उपकप्तान दिपेन्द्र सिंह ऐरीले २४ रन बनाए ।

यस्तै, करण केसीले २० रन बनाउँदा ६ जना ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । भारतविरुद्ध कप्तान तथा ओपनर ज्ञानेन्द्र मल्ल शुन्यमै आउट हुँदा टोली केही दबाबमा परेको थियो ।

नेपालविरुद्ध भारतका सौरभ दुवेले ४ विकेट लिँदा यस राथौडले ३ विकेट लिए । यस्तै, पार्थ राखेडेले २ तथा सिदार्थ देशाइले एक विकेट लिएका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  १ : ०२ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको