एप्पलले सार्वजनिक गर्‍यो १६ ईन्चको म्याकबुक प्रो, यस्तो छ फिचर | Khabarhub Khabarhub

एप्पलले सार्वजनिक गर्‍यो १६ ईन्चको म्याकबुक प्रो, यस्तो छ फिचर


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– नयाँ भर्सनको म्याकबुक प्रो सार्वजनिक भएको छ । आईफोन निर्माता कम्पनी एप्पलले सार्वजनिक गरेको म्याकबुकमा १६ ईन्चको डिस्प्लेका साथ नयाँ डिजाइनको किबोर्ड प्रयोग गरिएको छ ।

यसअघिका भर्सनमा प्रयोगकर्ताले किबोर्ड असजिलो भएको प्रतिक्रिया दिएपछि डिजाइन परिवर्तन गरिएको कम्पनीले जनाएको छ ।

किबोर्डबाहेक नयाँ मोडलको ल्यापटपमा रेटिना डिस्प्ले प्रयोग गरिएको छ भने ६४ जीबी मेमोरी प्रयोग गरिएको छ । यस अघि सन् २०१५ मा एप्पलले म्याकबुकको किबोर्ड परिवर्तन गरेको थियो । कम्पनीले त्यो बेलामा ल्याएको नयाँ डिजाइनको किबोर्ड असजिलो भएको केही प्रयोगकर्ताले बताउँदै आएका थिए ।

सन् २०१५ यता हटाइएको इस्केप बटन पुनः राखिएको छ । केही वर्षयताको म्याकबुक प्रो मोडलमा भर्चुअल किबोर्ड थपिएको थियो । अहिले पनि भर्चुअल किबोर्डको लागि केही स्थान राखिएको छ ।

नयाँ ल्यापटपमा तात्ने समस्या समाधानको लागि फ्यानको ब्लेड ठूलो पारिएको कम्पनीले जनाएको छ । नयाँ मोडलमा हावाको वहाव २८ प्रतिशत बढी हुने कम्पनीको दाबी छ ।

कम्युटरमा एएमडी रेडन प्रो ५००० एम ग्राफिक्स कार्ड प्रयोग गरिएको छ । यसले रेन्डरिङ छिटो हुनुको साथै बढी ग्राफिक्स कार्ड प्रयोग हुने सफ्टवेयर चलाउँदा पनि स्लो नहुने कम्पनीको दाबी छ । यो ल्यापटप केही सातापछि बिक्रीको लागि बजारमा आउनेछ ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ३ : ४५ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने