एप्पलले सार्वजनिक गर्‍यो १६ ईन्चको म्याकबुक प्रो, यस्तो छ फिचर « Khabarhub

एप्पलले सार्वजनिक गर्‍यो १६ ईन्चको म्याकबुक प्रो, यस्तो छ फिचर


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– नयाँ भर्सनको म्याकबुक प्रो सार्वजनिक भएको छ । आईफोन निर्माता कम्पनी एप्पलले सार्वजनिक गरेको म्याकबुकमा १६ ईन्चको डिस्प्लेका साथ नयाँ डिजाइनको किबोर्ड प्रयोग गरिएको छ ।

यसअघिका भर्सनमा प्रयोगकर्ताले किबोर्ड असजिलो भएको प्रतिक्रिया दिएपछि डिजाइन परिवर्तन गरिएको कम्पनीले जनाएको छ ।

किबोर्डबाहेक नयाँ मोडलको ल्यापटपमा रेटिना डिस्प्ले प्रयोग गरिएको छ भने ६४ जीबी मेमोरी प्रयोग गरिएको छ । यस अघि सन् २०१५ मा एप्पलले म्याकबुकको किबोर्ड परिवर्तन गरेको थियो । कम्पनीले त्यो बेलामा ल्याएको नयाँ डिजाइनको किबोर्ड असजिलो भएको केही प्रयोगकर्ताले बताउँदै आएका थिए ।

सन् २०१५ यता हटाइएको इस्केप बटन पुनः राखिएको छ । केही वर्षयताको म्याकबुक प्रो मोडलमा भर्चुअल किबोर्ड थपिएको थियो । अहिले पनि भर्चुअल किबोर्डको लागि केही स्थान राखिएको छ ।

नयाँ ल्यापटपमा तात्ने समस्या समाधानको लागि फ्यानको ब्लेड ठूलो पारिएको कम्पनीले जनाएको छ । नयाँ मोडलमा हावाको वहाव २८ प्रतिशत बढी हुने कम्पनीको दाबी छ ।

कम्युटरमा एएमडी रेडन प्रो ५००० एम ग्राफिक्स कार्ड प्रयोग गरिएको छ । यसले रेन्डरिङ छिटो हुनुको साथै बढी ग्राफिक्स कार्ड प्रयोग हुने सफ्टवेयर चलाउँदा पनि स्लो नहुने कम्पनीको दाबी छ । यो ल्यापटप केही सातापछि बिक्रीको लागि बजारमा आउनेछ ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ३ : ४५ बजे

बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द

पर्वत– पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो

धरानमा विद्युतको गाडी दुर्घटना: प्राधिकरणका दुई कर्मचारीको मृत्यु

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरण, धरान वितरण केन्द्रको विद्युत् मर्मत

कान्ति लोकपथ अस्थायी रूपमा बन्द

ललितपुर– लगातारको वर्षा र मनसुनजन्य जोखिमका कारण कान्ति लोकपथमा सवारी

मिटरब्याज पीडित भेट्न गृहमन्त्री सुधन गुरुङ सिमरामा, मार्चमा रहेका पीडित निजगढमै रोकिए

काठमाडौँ – मिटरब्याज पीडितका समस्या सुन्न र उनीहरूलाई भेट्न गृहमन्त्री

एक सातामा आत्मदाहबाट तीन जनाको मृत्यु : विवेक मण्डलको उपचारका क्रममा निधन

काठमाडौँ – शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका सर्लाहीका ३५