एप्पलले सार्वजनिक गर्‍यो १६ ईन्चको म्याकबुक प्रो, यस्तो छ फिचर | Khabarhub Khabarhub

एप्पलले सार्वजनिक गर्‍यो १६ ईन्चको म्याकबुक प्रो, यस्तो छ फिचर


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– नयाँ भर्सनको म्याकबुक प्रो सार्वजनिक भएको छ । आईफोन निर्माता कम्पनी एप्पलले सार्वजनिक गरेको म्याकबुकमा १६ ईन्चको डिस्प्लेका साथ नयाँ डिजाइनको किबोर्ड प्रयोग गरिएको छ ।

यसअघिका भर्सनमा प्रयोगकर्ताले किबोर्ड असजिलो भएको प्रतिक्रिया दिएपछि डिजाइन परिवर्तन गरिएको कम्पनीले जनाएको छ ।

किबोर्डबाहेक नयाँ मोडलको ल्यापटपमा रेटिना डिस्प्ले प्रयोग गरिएको छ भने ६४ जीबी मेमोरी प्रयोग गरिएको छ । यस अघि सन् २०१५ मा एप्पलले म्याकबुकको किबोर्ड परिवर्तन गरेको थियो । कम्पनीले त्यो बेलामा ल्याएको नयाँ डिजाइनको किबोर्ड असजिलो भएको केही प्रयोगकर्ताले बताउँदै आएका थिए ।

सन् २०१५ यता हटाइएको इस्केप बटन पुनः राखिएको छ । केही वर्षयताको म्याकबुक प्रो मोडलमा भर्चुअल किबोर्ड थपिएको थियो । अहिले पनि भर्चुअल किबोर्डको लागि केही स्थान राखिएको छ ।

नयाँ ल्यापटपमा तात्ने समस्या समाधानको लागि फ्यानको ब्लेड ठूलो पारिएको कम्पनीले जनाएको छ । नयाँ मोडलमा हावाको वहाव २८ प्रतिशत बढी हुने कम्पनीको दाबी छ ।

कम्युटरमा एएमडी रेडन प्रो ५००० एम ग्राफिक्स कार्ड प्रयोग गरिएको छ । यसले रेन्डरिङ छिटो हुनुको साथै बढी ग्राफिक्स कार्ड प्रयोग हुने सफ्टवेयर चलाउँदा पनि स्लो नहुने कम्पनीको दाबी छ । यो ल्यापटप केही सातापछि बिक्रीको लागि बजारमा आउनेछ ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ३ : ४५ बजे

एभर्टनले लिभरपुललाई बराबरीमा रोक्यो : मैदानमा फाइट गर्ने दुई खेलाडीलाई रातो कार्ड

काठमाडौं – एभर्टन र लिभरपुलको इङ्लिस प्रिमियर सिपको खेल २-२

खाजा खर्च कटाएर पुस्तकालय पुनर्निर्माण

ललितपुर– नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) पाटन संयुक्त क्याम्पस इकाइका विद्यार्थीहरूले

जनयुद्धको सार्वजनिक बिदा गैरकानुनी भएको सर्वोच्चको ठहर

काठमाडौं – तत्कालीन नेकपा (माओवादी)ले २०५२ साल फागुन १ गते

व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्ने कार्यभार अझै पूरा भएको छैन : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादीले २०५२

२४ वर्षपछि सडक स्तरोन्नति

बागलुङ– ट्रयाक खुलेको २४ वर्षपछि बागलुङ बजारदेखि सिगाना पुग्ने सडक