रेखाले राणाको हात समातेर शुरु गरिन् धार्मिक अभियान « Khabarhub

रेखाले राणाको हात समातेर शुरु गरिन् धार्मिक अभियान


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गत वर्ष रिलिज भएको फिल्म ‘मालिका’ सुपर फ्लप भएपछि रेखा थापा फिल्मी क्षेत्रमा ‘बेरोजगार’ छिन् ।

आफैले निर्माण एवं निर्देशन गरेको सामाजिक विषयवस्तुको फिल्म मालिका फ्लप भएपछि रेखाले विभिन्न फिल्महरु बनाउने घोषणा गर्ने गरेकी छिन् तर कुनै फिल्म पनि आएका भने छैनन् ।

फिल्मी क्षेत्रमा पछिल्ला दिनमा फ्लप हुँदै जाँदा अभिनेत्री रेखा राजनीतिक रुपमा सक्रिय बन्न कसरत गरिरहेकी छिन् ।

कुनै समय तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुम जोडेर ‘लालुपाते नुघ्यो भुइँतिर..’ भन्दै नाचेकी रेखाले माओवादीबाट कुनै राजनीतिक अवसर पाउन सकिनन् ।

चलचित्र विकास बोर्डको अध्यक्ष हुने प्रयास गरेपनि सफलता पाउन नसकेपछि उनी प्रचण्डलाई बीचमै छोड्दै राजावादी दल ‘राप्रपा नेपाल’ सँग कुम जोड्न पुगेकी थिइन् ।

तत्कालिन राप्रपा नेपालका अध्यक्ष कमल थापा तिर नजिकिएकी रेखाले उक्त दलबाट पनि कुनै लाभ लिने सम्भावना बनेन । र, राप्रपा फुटेसँगै उनी पछिल्लो दिन पशुपति शम्शेर राणा र प्रकाश चन्द्र लोहनीको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) सँग नजिकिएकी छिन् ।

पूर्व पञ्चहरुको पार्टी राप्रपा (संयुक्त)ले आयोजना गरेको हिन्दू राष्ट्र नेपाल बनाउने जागरण अभियानमा रेखा अध्यक्ष राणाको हात समाउँदै जिल्ला दौडाहमा लागेकी छिन् ।

धर्म निरपेक्ष नेपाललाई हिन्दूराष्ट्र बनाउने भन्दै राप्रपा संयुक्तले कात्तिक २८ गतेदेखि धार्मिक जागरण यात्रा शुरु गरेको छ ।

४ मंसिरसम्म चल्ने यो यात्रा जनकपुरबाट शुरु भएर चितवनको बाल्मिकी आश्रम हुँदै बुद्धको जन्मस्थल लुम्बिनी पुगेर जनकपुर लुम्बिनी धार्मिक यात्रा सम्पन्न हुने राप्रपा संयुक्तले जनाएको छ ।

देशलाई हिन्दू राज्य बनाउने भन्दै अभिनेत्री थापा यतिवेला ‘वयोवृद्ध’ नेता पशुपति शमशेर राणाको हात समाउँदै देश दौडाहमा पुगेकी छिन् तर उनको यो राजनीतिक प्रयासले सफता पाउने कुरामा कुनै ‘दम’ छैन ।

दुई पटक संविधानसभाको निर्वाचनपछि जारी गरिएको संविधानमा देश धर्मनिरपेक्ष हुने उल्लेख छ ।

ठूला राजनीतिक दल नेपाली कांग्रेस, तत्कालिन नेकपा एमाले, तत्कालिन नेकपा माओवादी, मधेस केन्द्रीत दल, तत्कालिन राप्रपा नेपाल लगायतका दलका सभासद्ले अनुमोदन गरेको संविधानमा रहेको धर्मनिरपेक्षतालाई परिवर्तन गराएर हिन्दू राज्य कायम गर्ने कुरा सामान्य विषय होइन ।

धार्मिक स्वतन्त्रतासहितको धर्मनिरपेक्ष देशलाई हिन्दू राष्ट्र बनाउने कुरा बेलाबेलामा कांग्रेसमा उठ्ने गरेपनि संस्थागत रुपमा कुनै निर्णय भएको छैन । नेताहरु यसबारेम चुप बस्ने गरेका छन् ।

यस्तो बेलामा जनाधार अत्यन्तै कमजोर रहेको दल राप्रपा संयुक्तले नेपालाई हिन्दू राष्ट्र बनाउने कुरा त्यति सहज छैन ।

संगठन र जनाधार नभएको ‘आउट डेटेड’ दल राप्रपा संयुक्तको यो प्रयासमा सेलिब्रेटी रेखाको साथले खासै अर्थ राख्ने छैन ।

८० प्रतिशत भन्दा धेरै नेपाली हिन्दू भएका कारण हिन्दू राष्ट्र बनाउने अभियानमा साथ पाइन्छ र आगामी चुनावमा जीत हात पारिन्छ भन्ने लागेर राप्रपा संयुक्तले अभियान चलाएपनि यसले केही हात लाग्ने देख्दिैन ।

किनकी यसअघि हिन्दू राष्ट्रको एजेन्डा उठाएर गाई चुनाव चिह्न लिएर चुनावमा होमिएको राप्रपा नेपालले पहिलो संविधानसभा चुनावमा केही सीट हात पारेको थियो, समानुपातिक मतदानमा । तर दोस्रो चुनावमा त्यही एजेण्डा भएपनि मतदाताले पूर्व पञ्चहरुलाई पत्याएनन्, कमल थापाको दल पहिलो संविधानसभा भन्दा पनि कमजोर बन्यो । त्यसैले राप्रपा संयुक्तको यो हिन्दू राज्यको एजेन्डालाई जनताले विश्वास गर्ने आधार कमजोर धरातलमा उभिएको छ ।

२०७४ वैशाखमा भएको स्थानीय तह र मंसिरमा भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सहभागी पूर्व पञ्चहरुको पार्टी राप्रपा(संयुक्त) ले कुनै पनि निर्वाचन क्षेत्रमा राम्रो मत ल्याउन सकेन ।

पार्टी अध्यक्ष पशुपति शम्शेर राणाले सिन्धुपाल्चोकको निर्वाचन क्षेत्रमा चुनाव जित्ने चर्चा चलेपनि उनी कमजोर अवस्थामा रहे र नेकपा, नेपाली कांग्रेसका उम्मेदवार भन्दा पनि उनी पछि परे ।

देशभरका उम्मेदवारहरुले पाएको मतलाई कटाउँदा पनि पनि राप्रपा (संयुक्त) का उम्मेदवारहरुले लाख बढी मत कटाउन सकेनन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ५ : ३० बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित