उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा रोक्ने निर्णय अनुमोदन « Khabarhub

उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा रोक्ने निर्णय अनुमोदन


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति बैठकले कार्तिक २९ गतेका लागि बोलाइएको विशेष साधारणसभा रोक्का गर्ने स्थायी समिति बैठकको निर्णय अनुमोदन गरेको छ ।

आज बसेको महासंघको कार्यकारिणी बैठकले स्थायी कमिटिको निर्णय अनुमोदन गर्ने निर्णय गरेको हो । महासंघको विधान २०४९ (छैठौ संशोधन सहित) संशोधन गर्न एउटा पक्षले गत कार्तिक २९ गते विशेष साधारण सभा बोलाएपनि अन्तिममा स्थायी समितिले रोक्का गर्ने निर्णय गरेको थियो ।

महासंघको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था संशोधन गर्नुपर्ने भन्दै एक पक्षले महासंघको विशेष साधारणसभा बोलाउने तयारी गरेको थियो । तर विधान संशोधन गर्ने विषयमा महासंघको नेतृत्वले सहमति नजनाएका कारण विशेष साधारणसभा बैठक नै रोक्का भएको थियो ।

महासंघको बैठकले सामाजिक सुरक्षा योजना र सामाजिक सुरक्षा कोषका विषयमा महासंघका सदस्य, संघ संस्थाहरू जिल्लानगर यूवासंघहरू, वस्तुगत संघहरू, एसोसिएट उद्योग प्रतिष्ठाहरूसंग यथाशीघ्र छलफल गरी अघि बढ्ने निर्णय समेत गरेको छ ।

त्यस्तै उद्योगी–व्यवसायीहरूमाथि विभिन्न समयमा राज्यका तर्फबाट हुँदै आएका व्यवहार तथा रवैयाले स्वदेशी एवं विदेशी लगानीको वातावरणमा समेत प्रतिकूल प्रभाव पर्न सक्ने भन्दै सरकारको ध्यानाकर्षण समेत गराउने निर्णय गरेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ५ : ५२ बजे

देउवालाई हटाएर, पार्टी कब्जा गरेर कांग्रेस चल्दैन, विधानअनुसार नेतृत्व फेरौँ

काठमाडौं– नेता विमलेन्द्र निधिले नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम