उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा रोक्ने निर्णय अनुमोदन « Khabarhub

उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा रोक्ने निर्णय अनुमोदन


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति बैठकले कार्तिक २९ गतेका लागि बोलाइएको विशेष साधारणसभा रोक्का गर्ने स्थायी समिति बैठकको निर्णय अनुमोदन गरेको छ ।

आज बसेको महासंघको कार्यकारिणी बैठकले स्थायी कमिटिको निर्णय अनुमोदन गर्ने निर्णय गरेको हो । महासंघको विधान २०४९ (छैठौ संशोधन सहित) संशोधन गर्न एउटा पक्षले गत कार्तिक २९ गते विशेष साधारण सभा बोलाएपनि अन्तिममा स्थायी समितिले रोक्का गर्ने निर्णय गरेको थियो ।

महासंघको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था संशोधन गर्नुपर्ने भन्दै एक पक्षले महासंघको विशेष साधारणसभा बोलाउने तयारी गरेको थियो । तर विधान संशोधन गर्ने विषयमा महासंघको नेतृत्वले सहमति नजनाएका कारण विशेष साधारणसभा बैठक नै रोक्का भएको थियो ।

महासंघको बैठकले सामाजिक सुरक्षा योजना र सामाजिक सुरक्षा कोषका विषयमा महासंघका सदस्य, संघ संस्थाहरू जिल्लानगर यूवासंघहरू, वस्तुगत संघहरू, एसोसिएट उद्योग प्रतिष्ठाहरूसंग यथाशीघ्र छलफल गरी अघि बढ्ने निर्णय समेत गरेको छ ।

त्यस्तै उद्योगी–व्यवसायीहरूमाथि विभिन्न समयमा राज्यका तर्फबाट हुँदै आएका व्यवहार तथा रवैयाले स्वदेशी एवं विदेशी लगानीको वातावरणमा समेत प्रतिकूल प्रभाव पर्न सक्ने भन्दै सरकारको ध्यानाकर्षण समेत गराउने निर्णय गरेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ५ : ५२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै