सहकारी संस्था गाभिने « Khabarhub

सहकारी संस्था गाभिने


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारी संस्थाले अहिले करीब रू छ खर्ब ५० अर्ब कारोबार गरेको बताएकी छन् ।

रिलायवल बचत तथा ऋण सहकारी संस्था बानेश्वरको २१औँ वार्षिक साधारणसभामा मन्त्री अर्यालले सहकारी संस्थामा जम्मा भएको पूँजी उत्पादनमा लगाउनुपर्ने बताइन् । उत्पादनमा लगाउन कानूनी बाधा व्यवधानको समाधान गरेर जाने प्रतिबद्धता व्यक्त गरिन् ।

वित्तीय कारोवार हुने संस्थामा केही बेथिति पनि देखिने हुँदा त्यसलाई नियमन गर्नुपर्नेमा जोड दिँदै सहकारी मन्त्रालय र सहकारी अभियानकर्मी एकताबद्ध भएर अगाडि बढनुपर्ने विचार व्यक्त गरिन् ।

उनले सहकारी अभियानलाई अगाडि बढाउने हिसाबले नियमावली निर्माण गरिएको र अब त्यसलाई कार्यान्वयन गरेर जानुपर्ने बताइन् । सहकारीको सङ्ख्या धेरै भएकाले अब त्यसलाई नियन्त्रण गर्न सहकारी संस्था ‘मर्ज’को अभियान चलाइएको उनको भनाइ थियो ।

राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले प्रविधिको प्रयोग गरेर कर्जा जोखिम र कर्जा सुरक्षा गर्नुपर्ने बताए । संस्थाका अध्यक्ष ओमदेवी मल्ल जोशीले संस्थाकाबारे जानकारी गराइन् । संस्थाले स्थापना गरेको केशव बडाल सहकारी पत्रकारिता पुरस्कार पत्रकार रामसुदन तिमिल्सिनालाई प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ९ : ०१ बजे

सिटबेल्ट नलाउने गृहमन्त्री र प्रधानमन्त्रीलाई कारबाही किन हुँदैन : शाही 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले ट्राफिक

यू-१९ महिला प्रिमियर कप: हङकङलाई १८१ रनले हराउँदै नेपाल समूह विजेता

काठमाडौँ – एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले लगातार तेस्रो

चुमनुब्री गाउँपालिकाको राजस्व दुई करोड

गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले आन्तरिक राजस्व सङ्कलनमा उल्लेखनीय फड्को

संसद्‍मा उठ्यो त्रासदीपूर्ण पार्किङको विषय : एक लाख जरिवाना गर्न माग

काठमाडौं– सोमबार विभिन्न सञ्चारमाध्यम र सार्वजनिक स्थानमा गरिएको सरकार संरक्षित

सालझण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–फल्लेघर खण्ड ग्राभेल

बागलुङ– राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकअन्तर्गत बागलुङको बुर्तिबाङ–फल्लेघर खण्डमा २२