धावनमार्गको हिउँ पन्छाउन चासो नदिँदा हवाई उडान ठप्प « Khabarhub

धावनमार्गको हिउँ पन्छाउन चासो नदिँदा हवाई उडान ठप्प


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- हुम्लाको सदरमुकाम सिमकोट विमानस्थलको हिउँ पन्छाउन कसैले चासो नदिँदा हवाई उडान अवरुद्ध बनेको छ ।

बिहीबार र शुक्रबार दुई दिन लगातार हिमपात हुँदा हुम्लाबाट अन्तर जिल्ला पुग्ने एकमात्रै हवाई यातायात तीन दिनदेखि अवरुद्ध भएको छ ।

सिमकोट विमानस्थलमा जम्मा भएको हिउँ पन्छाउन यहाँको स्थानीय सरकार, एयरलाइन्सका कर्मचारी मौन बसेका छन् ।

सिमकोट विमानस्थलबाट राजस्व उठाउने सिमकोट गाउँपालिका अहिले हवाई यातायात बन्द हुँदा कुनै चासो नदिएको पाइएको छ ।

गाउँपालिकाले गत वर्षदेखि मानसरोवर कैलाश तथा हुम्लाका अन्य पर्यटकीय क्षेत्रमा घुम्न आउने पर्यटकबाट राजस्व उठाउने गरेको छ ।

तर दुई दिनदेखि लगातार जम्मा भएको हिउँ पन्छाउनमा सिमकोट गाउँपालिकाका जनप्रतिनिधिले कुनै चासो नदिएको देखिएको छ । सधैँ नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलले सिमकोट विमानस्थलको हिउँ पन्छाउनुपर्ने बाध्यता रहेको छ ।

सिमकोट विमास्थलको हिउँ पन्छाउने कार्यमा कसैले चासो नदिँदा जिल्ला पुग्ने र जिल्लाबाट बाहिर जाने यात्रु समस्यामा परेका छन् ।

केही दिनयतादेखि सीता, समिट, ताराले दिनमा दर्जनभन्दा बढी उडान गर्दै आएको भएपनि एयरलाइन्स कर्मचारी पनि हिउँले हवाई उडान अवरुद्ध हुँदा मुखदर्शक भएर बसिरहेका छन् ।

सिमकोट विमानस्थलको हिउँ पन्छाउने गाडी बिग्रँदा विमानस्थलमै थन्किएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ६ : ४७ बजे

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली– कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो पीडित

राप्रपाको नवलपरासी जिल्ला अध्यक्षमा रामभवन यादव, नागार्जुनमा महेश रिमाल

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला

देउवा समूहको सम्मेलन : ५ प्रतिवेदन परिमार्जनसहित पारित

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा भएको राष्ट्रिय भेलाबाट

कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेला : पाँच प्रतिवेदन पारित, महाधिवेशनको जिम्मा शशांकलाई

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा आयोजना गरेको राष्ट्रिय

गृह जिल्ला पुगेका ओलीले भने- नेतृत्व फेर्ने होइन, पार्टी जागरण गराउने हो

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह जिल्ला झापा