सलाहको २ गोलले लिभरपुलको सहज जित « Khabarhub

सलाहको २ गोलले लिभरपुलको सहज जित


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ । शनिबार भएको खेलमा लिभरपुलले वाट्फोर्डलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन दुवै गोल मोहमद सलाहले गरे । खेलको ३८ औं मिनेटमा पहिलो गोल गरेका सलाहले इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई सहज जित दिलाए ।

जितसँगै लिभरपुलले लिगमा ११ अंकको अग्रता कायम गरेको छ । लिभरपुलले १७ खेलबाट ४९ अंक जोडेको छ । दोस्रो स्थानको लेष्टर सिटीको ३८ अंक रहेको छ । सिटीले एक खेल कम खेलेको छ ।

पराजित वाट्फोर्ड ९ अंक जोडेर पुछारमा छ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ७ : २१ बजे

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि

राजधानीको यातायात सुधारका लागि आचार्यका १२ सुझाव

काठमाडाैं । देशकै राजधानी तथा अधिकाशं अग्रणी निकाय अवस्थित काठमाडौं

जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

काठमाडौं- नेपाल सरकारका७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको

नेकपाले ५ पुसमा भृकुटीमण्डपमा एकता सन्देश सभा गर्ने

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा

राजेन्द्र पौडेल नेपाल सरकारको सचिवमा बढुवा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तासमेत रहेका सहसचिव राजेन्द्र पौडेल सचिव