विद्युतीय गाडी उत्पादनको होडबाजी, ७ वर्षमा साँढे २ करोड पुग्ने « Khabarhub

विद्युतीय गाडी उत्पादनको होडबाजी, ७ वर्षमा साँढे २ करोड पुग्ने


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गाडी उत्पादन कम्पनीहरुबीच विद्युतीय गाडी उत्पादनमा उत्साहजनक होडबाजी देखिएको छ ।

परिणामस्वरुप सन् २०२६ सम्म २ करोड ४६ लाख भन्दा बढी विद्युतीय गाडीको संख्या पुग्ने अुनमान गरिएको छ ।

फर्च्यून विजनेस इन्साइट्सले गरेको अनुसन्धान अनुसार सन् २०२६ सम्ममा विश्वभर विद्युतीय गाडीको संख्या झण्डै साढे २ करोड पुग्नेछ ।

उक्त अनुसन्धान अनुसार सन् २०१९ देखि २०२६ को बीचमा गाडीको उत्पादनमा ३२.३ प्रतिशतले बृद्धि हुनेछ । कुन क्षेत्रमा कति विद्युतीय गाडी उत्पादन हुनेछन भन्ने त्यस क्षेत्रले अपनाएको कार्बन इमिसन नियमले प्रभाव पार्नेछ ।

युरोपले सन् २०२६ सम्ममा कार्वन इमिसन १५ प्रतिशतले घटाउने योजना बनाएको छ । युरो–६ स्ट्याण्डर्ड जस्तै भारतले अपनाएको विएस–६ स्ट्याण्डर्ड सन् २०२० को अप्रिलदेखि प्रयोगमा आउनेछ ।

त्यसैगरी सन् २०२० देखि चीनले पनि चाइना–६ स्टयाण्डर्ड लागू गर्ने तयारी गरेको छ । अनुसन्धानले देखाए अनुसार युरोपमा सर्वाधिक विद्युतीय गाडी उत्पादन हुने देखिएको छ भने एशियाली मुलुकहरुमा पनि ठूलो मात्रामा विद्युतीय गाडी उत्पादन गरिनेछन् ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ८ : ४१ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै