अपडेट : सिन्धुपाल्चोकमा बस दुर्घटना, ४ जनाको मृत्यु « Khabarhub

अपडेट : सिन्धुपाल्चोकमा बस दुर्घटना, ४ जनाको मृत्यु


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सिन्धुपाल्चोकमा यात्रुबहाक बस दुर्घटना भएको छ ।

दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा भन्ने स्थानमा बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना भएको हो ।

खाडी चौरबाट पाँच किलोमिटरमाथि घुम्तीबाट बस तल खसेको सूचना आएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माका अनुसार दुर्घटनाको सूचना आएको भएपनि पूर्ण विवरण आएको छैन ।

उनले भने, ‘म अहिले घटनास्थलतर्फ जाँदै छु । दुर्घटना भएको हो भन्ने छ । धेरै क्षति भयो भन्ने पनि सुनिएको छ। अवस्था कस्तो छ घटनास्थल पुगेपछि मात्र थाहा हुन्छ ।’

कालिञ्चोकबाट फर्किएको बस सुनकोशी गाउँपालिका ७ स्वारामा दुर्घटना भएको हो । यो स्थान खाडी चौरबाट पाँच किलोमिटरको दूरीमा छ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ८ : ५२ बजे

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ