पोखरा प्रिमियर लिग आजबाट, पोखरा पल्टन र काठमाडौँ गोल्डेन्स भिड्दै « Khabarhub

पोखरा प्रिमियर लिग आजबाट, पोखरा पल्टन र काठमाडौँ गोल्डेन्स भिड्दै


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरामा आइतबारदेखि दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिता शुरु हुँदैछ । उद्घाटन खेल साबिक विजेता पोखरा पल्टन र काठमाडौँ गोल्डेन्सबीच हुने भएको छ ।

शनिवार देखि प्रतियोगिता शुभारम्भ गर्ने कार्यक्रम रहे पनि मौसममा आएको खराबीले प्रतियोगिता एक दिन पछि सारिएको थियो ।

आगामी पुस १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताले क्रिकेट खेलप्रतिको आकर्षण बढाउनाका साथै पोखरालाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउनसमेत मद्दत पुग्ने भएकाले पर्यटन प्रवद्र्धनमा सघाउने विश्वास लिइएको छ । नेपाली क्रिकेटमा सर्वाधिक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले रु २७ लाख तथा उपविजेताले रु १० लाख पुरस्कार पाउनेछन् ।

‘म्यान अफ दी सिरिज’, ‘उत्कृष्ट ब्याट्सम्यान’ र ‘उत्कृष्ट बलर’ गरी तीन खेलाडीलाई टिभिएस मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ । त्यसैगरी प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई रु एक लाख, ‘इमर्जिङ’ खेलाडीलाई रु ५० हजार तथा प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’लाई रु १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

साबिक विजेता पोखरा पल्टन, विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौँ गोल्डेन वारियर्स र एक्सपर्ट धनगढी ब्लुज गरी देशका विभिन्न छ शहरका छ टोलीको सहभागिता रहेको छ । शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतियोगिताको ट्रफी सार्वजनिक गरे ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ११ : ३३ बजे

बालबालिका, गर्भवती र सुत्केरी महिलालाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण

कोप–३१ का लागि नेपालको पोजिसन पेपर तयार : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्र संघीय

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य