भानुभक्तीय टोपी निर्माण गर्न अनुदान | Khabarhub Khabarhub

भानुभक्तीय टोपी निर्माण गर्न अनुदान


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको भानु नगरपालिकाले भानुभक्तीय टोपी निर्माणसम्बन्धी तालीम प्राप्त महिलालाई मेसिन सहयोग गरेको छ । नगरपालिकाले विभिन्न वडाका छ महिलालाई अनुदानमा विद्युतीय मेसिन सहयोग गरेको हो ।

नगरपालिकाले भानुभक्तीय टोपी निर्माण गर्न छ महिलालाई गत असारमा तालीम प्रदान गरिएको भानु नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख अधिकृत कृपाहरि लौडारीले जानकारी दिए ।

१७ हजार ५ सय पर्ने यो मेसिनका लागि नगरपालिकाले ७० प्रतिशत अनुदान दिएको छ भने सम्बन्धित महिलाले ३० प्रतिशत लगानी गरेका छन् । महिला लक्षित कार्यक्रमअन्तर्गत ती महिलालाई दमौलीस्थित निखिल ढाका कपडा उद्योगमा १० दिनको तालीम प्रदान गरिएको थियो ।

तालिमप्राप्त महिलालाई व्यावसायिक बनाउन मेसिन प्रदान गरिएको नगर उपप्रमुख आशा थापाले जानकारी दिए । उपप्रमुख थापाले भने, ‘यसले महिलालाई आत्मनिर्भर बनाउन र भानुभक्तीय टोपी उत्पादनका लागि सहयोग पुग्नेछ।’

मेसिन प्राप्त गरेका महिलाले उत्पादन गरेको भानुभक्तीय टोपीको बजार व्यवस्थापनका लागि नगरपालिकाले सहयोग गर्ने नगर प्रमुख उदयराज गौलीले बताए । उनका अनुसार यहाँ उत्पादित टोपी जिल्ला समन्वय समितिसँग सहकार्य गरेर जिल्लाका अन्य स्थानीय तहमा पनि बिक्री वितरणको व्यवस्था मिलाउन पहल गरिनेछ ।

भानु नगरपालिकाले नगरपालिका क्षेत्रभित्रका विद्यालय, सङ्घसंस्थालगायतमा भानुभक्तीय टोपी अनिवार्य गर्न लागेको छ । त्यसको शुरुआत भानु नगरपालिकाले आफ्नै कार्यालयबाट असार १ गतेदेखि शुरु गरे पनि अहिले कर्मचारी एवं जनप्रतिनिधिले नै उक्त टोपी नलगाउने गरेको गुनासो आउन थालेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ११ : ४४ बजे

भियतनामका उपराष्ट्रपति सुआन नेपालमा

काठमाडौं– समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको

नेपालको लिपुलेकमा आँखा, तर आठ क्षेत्रमा भिड्दै भारत-चीन

काठमाडौं– चीनका विदेशमन्त्री वाङ यीले भारत भ्रमणका क्रममा नेपालको भूमि

सन्तानले असल संकार नपाउँदा वृद्धाश्रमको बास !

काठमाडौं– काठमाडौं नक्सालका ७२ वर्षीय मंगलदास महर्जन ‘बुवाको मुख हेर्ने’

धापासी लाम्पाखामा पहिरो, सडक पूर्ण रूपमा बन्द (तस्बिरहरू) 

काठमाडौं– शुक्रबारको अविरल वर्षाका कारण टोखा नगरपालिका ४ धापासी लाम्पाखा

न्यूयोर्कमा पर्यटक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

एजेन्सी – न्यूयोर्क राज्यको एक राजमार्गमा शुक्रबार पर्यटक बोकेको बस